Deneme Bonusu Veren Siteler
मङ्लबार, असार २३, २०८३
Tuesday, July 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वाधारमन्त्री सुनील लम्सालले जनताको काममा बेवास्ता गर्ने प्रदेशमन्त्री र स्थानीय तहका प्रमुखमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन्।

तनहुँको शुक्लागण्डकीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधिले इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए। उनले कुनै मेयर वा जिम्मेवार पदाधिकारीले जनताको काम नगरे, अपमानजनक व्यवहार गरे वा सेवा प्रवाहमा लापरबाही गरे त्यसबारे जानकारी दिन आग्रह गर्दै आवश्यक कारबाही गरिने बताए। प्रदेशका मन्त्रीले पनि त्यस्तै गरे कारबाहीको दायरामा ल्याइने उनको भनाइ थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले जनताको पक्षमा जिम्मेवार भएर काम गर्न सबै जनप्रतिनिधिलाई आग्रह गरेका थिए। ‘यदि कुनै स्थानीय तहका प्रमुख वा जिम्मेवार पदाधिकारीले जनताको काम नगरेको, नागरिकलाई अपहेलना गरेको वा दुःख दिएको पाइएमा हामीलाई जानकारी दिनुहोस् । त्यस्ता गैरजिम्मेवार पदाधिकारीमाथि कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ’, उनले भने ।

यसअघि पनि लम्सालले काम नगर्ने ठेकेदारको “खुट्टा भाँच्ने” अभिव्यक्ति दिएका थिए, जसको व्यापक आलोचना भएको थियो। अहिले प्रदेशमन्त्रीलाई समेत कारबाही गर्ने उनको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

तपाईको प्रतिक्रिया