समाचार सुन्नुहोस :
काठमाडौँ – दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया जाने नेपाली श्रमिकको भिसा शुल्क बढाएको छ। काठमाडौंस्थित कोरियाली दूतावासका अनुसार इपिएसअन्तर्गतको सीसीभीआई (CCVI) भिसा शुल्कमा ६ सय रुपैयाँ वृद्धि गरिएको हो।
इपिएस शाखा, ग्वार्कोले पनि सूचना जारी गर्दै नयाँ शुल्क लागू भएको जानकारी दिएको छ। यसअघि १० हजार ७०० रुपैयाँ रहेको भिसा शुल्क अब बढेर ११ हजार ३०० रुपैयाँ पुगेको छ। नयाँ शुल्क सम्बन्धित प्रक्रिया अनुसार लागू हुने जनाइएको छ।








