Deneme Bonusu Veren Siteler
बिहिबार, असार ११, २०८३
Thursday, June 25, 2026

टोकियो – नेपाली कांग्रेसको प्रवासस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति जापानको सातौँ अधिवेशन आगामी जुलाई ५ तारिख, आइतबारका दिन टोकियोमा हुने भएको छ । समितिका महामन्त्री राम जंग कार्कीले सूचना जारी गर्दै अधिवेशनको औपचारिक मिति र स्थान तय भएको जानकारी दिएका हुन् ।

सूचना भनिएको छ, ‘लामो समयको अन्तरालपछि नेजसस जापानले आफ्नो सातौँ अधिवेशन सम्पन्न गर्न गइरहेको छ । यस गौरवपूर्ण अवसरको जानकारी गराउन पाउँदा संस्थाको महामन्त्रीको हैसियतले गर्व महसुस गरेको छु ।’ महामन्त्री कार्कीले यो अधिवेशनले संस्थालाई थप सशक्त, गतिशील र लोकतान्त्रिक मूल्य-मान्यताप्रति थप प्रतिबद्ध बनाउने विश्वास व्यक्त गरेका छन् ।

दुई दशकभन्दा लामो गौरवपूर्ण इतिहास बोकेको नेजसस जापानले जापानमा रहेका नेपाली कांग्रेसप्रति आस्थावान नेपालीहरूलाई वैचारिक, संगठनात्मक र भावनात्मक रूपमा जोड्दै आएको छ । यस अधिवेशनले जापानमा रहेका नेपाली समुदायबीच आपसी एकता, सहकार्य तथा लोकतान्त्रिक चेतनाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रवासमा रहेर पनि लोकतन्त्र, संगठन र मातृभूमिप्रतिको उत्तरदायित्वलाई सशक्त रूपमा निर्वाह गर्दै आएको यस संस्थाको नयाँ नेतृत्व र भावी कार्यदिशाका लागि यो अधिवेशन निर्णायक हुने देखिन्छ । महामन्त्री कार्कीले जापानमा क्रियाशील सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरूलाई यस ऐतिहासिक कार्यक्रमको समाचार सम्प्रेषण गरी लोकतान्त्रिक अभियानमा सहयोग पुर्‍याउन हार्दिक अनुरोध समेत गरेका छन् । अधिवेशन टोकियोको सिबुयास्थित ‘चुबाकी गार्डेन’मा बिहान १० बजेबाट सुरु हुनेछ ।

कार्यक्रमको विवरण:-

  • मिति: २०२६ जुलाई ५, आइतबार
  • समय: बिहान १०:०० बजेदेखि
  • स्थान: चुबाकी गार्डेन सिबुया, टोकियो
  • ठेगाना: 〒150-0011 Tokyo, Shibuya, Higashi, 1 Chome−3−1 カミニート 4号

तपाईको प्रतिक्रिया