Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानको विलासी क्रुज उद्योगको अग्रणी मानिने प्रसिद्ध पानीजहाज ‘निप्पोन मारु’ योकोहामा बन्दरगाह फर्किएसँगै यसको ३५ वर्ष लामो ऐतिहासिक यात्राको औपचारिक अन्त्य भएको छ । साढे तीन दशकको सेवा अवधिमा यस जहाजले कुल ६ लाख यात्रुहरूलाई विश्व भ्रमण गराएको थियो ।

२२ हजार ४७२ टन तौल भएको यो जहाज जापानी ढुवानी कम्पनी ‘मित्सुई ओएसके लाइन्स’को सहायक कम्पनीद्वारा सञ्चालित थियो । आइतबार बिहान करिब ८ बजे प्रशान्त महासागरको तीन दिने अन्तिम यात्रा पूरा गरी योकोहामा बन्दरगाहमा बिसाउँदा यसलाई हेर्न र बिदाइ गर्न सयौँ प्रशंसक र चालक दलका सदस्यका परिवारहरू जम्मा भएका थिए । उनीहरूले झण्डा हल्लाउँदै र खुसीयाली मनाउँदै जहाजप्रति कृतज्ञता प्रकट गरे ।

ओसानबासी योकोहामा इन्टरनेशनल प्यासेन्जर टर्मिनलको छतमा आयोजित विशेष अवकास समारोहमा क्याप्टेन कोइची उचिदाले जहाजप्रति सम्मान प्रकट गरे । उनले भने, ‘एक रातको छोटो बसाईदेखि पूर्ण विश्व भ्रमणसम्म, हामीले धेरै त्यस्ता यात्राहरू तय गर्‍यौँ जहाँ हामीले हाम्रा पाहुनाहरूसँग अविस्मरणीय उत्साह र खुसी साटासाट गर्न पायौँ। तिमीलाई धन्यवाद, तिमीले आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्‍यौ ।’

समारोहमा सहभागी टोकियोकी ११ वर्षीया आयाने सेनोउले जहाजको सम्झना गर्दै भनिन्, ‘यहाँको आतिथ्य र सेवा निकै अद्भुत थियो, यहाँ आयोजना हुने कार्यक्रमहरूमा धेरै रमाइलो हुन्थ्यो ।’

सन् १९९० देखि व्यावसायिक सेवा सुरु गरेको १६७ मिटर लामो यस जहाजले हालसम्म ५३ लाख किलोमिटरभन्दा बढी दूरी पार गरिसकेको छ । यो दूरी पृथ्वीलाई १३३ पटक परिक्रमा गरे बराबर हो । यसले २,००० भन्दा बढी क्रुज यात्रामार्फत जापान र विश्वका ४०० भन्दा बढी बन्दरगाहहरूको भ्रमण गराएको थियो ।

यस जहाजमा १९० वटा विलासी पाहुना कोठा र एउटा विशाल हल थियो, जहाँ सधैँ प्रसिद्ध गायक र संगीतकारहरूका सांगीतिक कार्यक्रमहरू चल्ने गर्थे । सन् २०१० र २०२० मा यसको आधुनिकीकरण गरिएको थियो । यसको मध्यम आकारका कारण अन्य ठूला जहाजहरू जान नसक्ने साना र विभिन्न प्रकारका बन्दरगाहहरूमा पनि यो सहजै पुग्न सक्थ्यो ।

निप्पोन मारुले बिदा लिए तापनि यसको माउ कम्पनी ‘मित्सुई ओएसके लाइन्स’ ले जापानमा बढ्दो क्रुज यात्राको मागलाई सम्बोधन गर्न नयाँ र अझ आधुनिक पानीजहाजहरू ल्याउने तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया