काठमाडौँ – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेज गायब भएको छ। उक्त पेज पुनः सञ्चालनमा ल्याउन प्रयास भइरहेको उनको सचिवालयले जनाएको छ। सचिवालयले भनेको छ– ‘पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा केही प्राविधिक समस्या देखिएको छ। हाल उक्त पेज पुनःप्राप्त (रिकभर) गर्ने प्रयास जारी रहेको जानकारी सम्पूर्णमा अनुरोध छ।’
पछिल्लो समय नेपालमा चर्चित व्यक्तिहरूका फेसबुक पेजहरूमा यस्ता समस्या बढ्दै गएका छन्। यसअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज पनि गायब भएको घटना सार्वजनिक भएको थियो।








