Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – जापान सरकारले आफ्नो देशमा तैनाथ अमेरिकी सेनाको सुरक्षा र भौतिक संरचना सुदृढ बनाउन लाग्ने खर्चको भार आफैँले बेहोर्ने प्रस्तावमाथि विचार गरिरहेको छ । ‘होस्ट-नेशन सपोर्ट’ अन्तर्गत जापानले आगामी द्विपक्षीय वार्तामा यस्तो प्रस्ताव लैजाने तयारी गरेको सरकारी स्रोतहरूले शनिबार जानकारी दिएका छन् ।

यस कदमको मुख्य उद्देश्य विस्फोटक पदार्थ र विद्युत-चुम्बकीय आक्रमणहरू विरुद्ध अमेरिकी सैन्य सुविधाहरूलाई थप मजबुत र प्रतिरोधी बनाउनु हो । यसबाट जापान र अमेरिकाबीचको दशकौँ पुरानो सुरक्षा गठबन्धनको प्रतिकार गर्ने क्षमता र सैन्य शक्ति सुदृढ हुने विश्वास गरिएको छ ।

लागत साझेदारी सम्बन्धी द्विपक्षीय वार्ता यसै वर्षको गृष्म ऋतुदेखि औपचारिक रूपमा सुरु हुने सम्भावना छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान लगायतका मित्र राष्ट्रहरूलाई अमेरिकी सेनाको तैनाथीका लागि लाग्ने खर्च बढाउन निरन्तर आग्रह गर्दै आएका छन्।  सोही पृष्ठभूमिमा जापानले सुरक्षा खर्चमा आफ्नो हिस्सा बढाउने तयारी गरेको हो ।

हालसम्म जापानले मुख्यतया अमेरिकी सैनिक र उनीहरूका परिवारका लागि आवास, ब्यारेक र अन्य सुविधा निर्माणमा खर्च गर्दै आएको थियो । तर, अब ‘जापान-अमेरिका सैन्य स्थिति सम्झौता’ वा प्रत्येक पाँच वर्षमा नवीकरण हुने विशेष सम्झौतामा नयाँ प्रावधान थप गरी सुरक्षा पूर्वाधारमा लगानी गर्ने विकल्पमा छलफल भइरहेको छ ।

यो नयाँ सम्झौता सन् २०२७ को अप्रिलदेखि सुरु हुने पाँच वर्षे अवधिको लागि हुनेछ । यस सम्बन्धमा जापानको परराष्ट्र र रक्षा मन्त्रालय तथा अमेरिकी विदेश मन्त्रालय र पेन्टागनका प्रतिनिधिहरू बीच वर्षको अन्त्यसम्ममा सहमति जुट्ने अपेक्षा गरिएको छ ।

जापानले हाल अमेरिकी सेनाको सहयोगका लागि वार्षिक औसत २०० अर्ब येन (करिब १.३ अर्ब डलर) छुट्याउँदै आएको छ। सन् २०२२ देखि २०२६ सम्मको पाँच वर्षे अवधिको कुल खर्च १० खर्ब ६० अर्ब येन तोकिएको छ । स्रोतका अनुसार जापानले आगामी शरद ऋतु (Fall) सम्ममा यो बजेट कतिले बढाउन सकिन्छ भन्नेबारे अन्तिम निर्णय लिनेछ ।

तपाईको प्रतिक्रिया