Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गराउने अभियानलाई तीव्रता दिएको छ । शनिबार काठमाडौँ महानगरपालिकाभित्रका थापाथली र गैह्रीगाउँका बस्तीहरू शान्तिपूर्ण रूपमा खाली गराइएको छ भने आइतबारदेखि भक्तपुरको मनोहरा क्षेत्रमा संरचना भत्काउने तयारी गरिएको छ ।

लामो समयदेखि विवाद र तनावको केन्द्र बन्दै आएको थापाथली र गैह्रीगाउँका सुकुमबासी बस्ती शनिबार कुनै अवरोधबिना खाली भएका छन् । विगतका प्रयासहरूमा झडप र तनाव हुने गरेको भए पनि यसपटक महानगरपालिकाले शान्तिपूर्ण ढंगले बस्ती हटाउन सफल भएको छ । महानगरका अनुसार त्यहाँबाट विस्थापित भएका परिवारहरूलाई व्यवस्थित रूपमा विभिन्न स्थानका ‘होल्डिङ सेन्टर’ मा सारिएको छ । महानगरले नगरको सौन्दर्यीकरण र नदी संरक्षणका लागि यो कदम चालिएको स्पष्ट पारेको छ ।

यता भक्तपुरको मनोहरा खोला किनारमा रहेका सुकुमबासीहरूले पनि सरकारी अल्टिमेटमपछि आफैँ बस्ती छाड्न थालेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक (एसपी) सूर्यबहादुर खड्काका अनुसार मनोहरा क्षेत्रका करिब ८० प्रतिशत बासिन्दाले आफ्ना सामानसहित बस्ती छाडिसकेका छन् । बाँकी रहेका परिवारहरू पनि शनिबार साँझसम्म सामान ओसार्न व्यस्त देखिएका थिए ।

प्रहरी तथ्याङ्कअनुसार मनोहराको यस क्षेत्रमा ७७७ घरटहरामा करिब एक हजार ६०० भन्दा बढी मानिसको बसोबास थियो । अहिलेसम्म प्रशासनले त्यहाँ भौतिक शक्ति (डोजर) प्रयोग नगरे पनि अधिकांश घरटहरा खाली भइसकेका छन् ।

मनोहरा क्षेत्रमा शनिबारसम्म मानवीय संवेदनशीलतालाई ध्यान दिँदै बासिन्दालाई सामान सार्ने समय दिइएको थियो । ‘धेरैजसोले आफैँ बस्ती छाडिसक्नुभएको छ, केहीले सामान ओसार्दै हुनुहुन्छ,’ एसपी खड्काले भने, ;बाँकी रहेका संरचना र पूर्ण रूपमा बस्ती खाली गराउन भोलि आइतबारदेखि डोजर प्रयोग गरिनेछ ।’

तपाईको प्रतिक्रिया