Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – सरकारले राजधानीका नदी किनारमा रहेका अवैध बस्ती हटाउने क्रममा पहिचान भएका वास्तविक सुकुमबासीलाई वैकल्पिक बसोबासको व्यवस्था गर्ने भएको छ। थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्र खाली गराउने अभियानसँगै पाँच स्थानमा पुनर्स्थापनाको योजना अघि सारिएको हो।

सरकारले नागार्जुन (इचङ्गु), कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबाग क्षेत्रमा बसोबासको विकल्प तय गरेको जनाएको छ। अध्ययनका क्रममा धेरै बस्तीवासीको अन्यत्र पनि घरजग्गा रहेको पाइएकाले वास्तविक र नक्कली सुकुमबासी छुट्याउन डिजिटल विवरण तयार गरिएको छ।

सरकारका अनुसार अन्यत्र सम्पत्ति भएका व्यक्तिलाई पुनर्स्थापनामा समावेश गरिने छैन। तर वास्तविक भूमिहीनलाई तत्काल सुरक्षित स्थानमा सारिनेछ। पुनर्स्थापनाका लागि तय गरिएका स्थानमा बिजुली, पानी र शौचालय जस्ता आधारभूत सुविधा मिलाइएको छ। साथै, स्थानान्तरण हुनेहरूका लागि खानपिनको पनि अस्थायी व्यवस्था गरिएको सरकारको भनाइ छ।

तपाईको प्रतिक्रिया