Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौँ – काठमाडौंको साँखु क्षेत्रमा लागूऔषध नियन्त्रण गर्ने क्रममा शुक्रबार गोली चलेको छ। लागूऔषध नियन्त्रण ब्युरोको टोलीले प्रयोगकर्तालाई नियन्त्रणमा लिन खोज्दा उनीहरूबाटै आक्रमण भएपछि घटना भएको हो।

लागू औषध नियन्त्रण ब्युरोको टोलीमाथि लागु औषध प्रयोगकर्ताले नै गोली चलाएपछि जावफी कारबाहीका क्रममा प्रहरीले पनि गोली चलाएको हो।

घटनामा एक जना लागूऔषध प्रयोगकर्ता घाइते भएका छन्, तर उनको अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन। घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल समेत बरामद गरेको छ।

तपाईको प्रतिक्रिया