Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – जापानमा रेलको ‘समय पालना’ यति सटिक छ कि यो यहाँको सुशी वा कलात्मक ढक्कनहरू जस्तै विश्वभर चर्चित छ । यहाँको जनजीवन रेलको समयसँग यति घनिष्ट रूपमा जोडिएको छ कि एक मिनेटको ढिलाइले पनि यात्रुको दैनिक कार्यतालिका नै बिथोलिदिन्छ ।

जेआर इस्टको ओमोरी डिभिजनले एकजना कन्डक्टर निद्राबाट समयमा नब्यूँझिएका कारण रेल तीन मिनेट ढिलो भएकोमा सार्वजनिक रूपमा क्षमायाचना गरेको छ ।

जेआर इस्टका अनुसार, गत अप्रिल १८ का दिन सिन-हाकोदाते-होकुतो स्टेसनबाट दिउँसो १:५२ बजे टोकियोका लागि ‘हायाबुसा २४’ सिन्कानसेन (बुलेट ट्रेन) प्रस्थान गर्ने तयारीमा थियो । सोही रेलकी कन्डक्टर कर्मचारी विश्राम कक्षमा छोटो समयका लागि सुतेकी थिइन्। उनले रेल छुटाउन नदिन अलार्म पनि लगाएकी थिइन्, तर निद्राका कारण उनले अलार्म नै सुनिन् । उनी दिउँसो १:५० बजे मात्रै बिउँझिएपछि निर्धारित समयभन्दा केही मिनेट ढिलो गरी रेल प्रस्थान गरेको थियो ।

यद्यपि, यो घटनालाई लिएर कुनै पनि यात्रुले औपचारिक गुनासो गरेका थिएनन् । तैपनि रेलवे कम्पनीले यसलाई गम्भीरताका साथ लिँदै विज्ञप्ति जारी गरेको छ । जेआर इस्टले भनेको छ, ‘हाम्रा ग्राहकहरूलाई पर्न गएको असुविधाप्रति हामी हृदयदेखि नै क्षमाप्रार्थी छौँ । आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन हामी हरसम्भव प्रयास गर्नेछौँ ।’

तपाईको प्रतिक्रिया