Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौँ – सरकारले नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति बनाएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।

सूचना, सञ्चार तथा प्रविधि मन्त्री विक्रम तिमिल्सिनाका अनुसार समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवन दाहाल सदस्य रहेका छन्।

यसअघि बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले वैशाख ४ गते पदबाट राजीनामा दिएका थिए। अब नयाँ अध्यक्ष चयनका लागि उक्त समितिले सिफारिस गर्नेछ।

तपाईको प्रतिक्रिया