Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका चालक चन्द्रनारायण चौधरीलाई प्रहरीले छोडेको छ। शनिबार ललितपुरको हरिसिद्धि घुम्तीमा मन्त्री राना सवार गाडी चौधरीले चलाउँदा ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो। दुर्घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार बालिकाको उपचारपछि अस्पतालले डिस्चार्ज गरिसकेको छ। साथै मन्त्री रानाले पीडित परिवारलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति तिरेका कारण उजुरी नपरेको र त्यसपछि चालकलाई छुटाइएको हो।

मन्त्री राना नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन ललितपुर आएका बेला घटना भएको हो। दुर्घटनापछि गाडी रोकेर नथामिएको र साँघुरो सडकमा तीव्र गतिमा चलाइएको भन्दै आलोचना भएको थियो।

आलोचना बढेपछि एमालेले बालिकाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेको थियो। बालिकाको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा सामान्य उपचार गरेर डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया