Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधिसभामा सत्तारुढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले चीनले सार्वजनिक गरेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको हो कि होइन ? भन्ने प्रश्न उठाएका छन्।

सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आएर यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। ओली भदौ १४ गते चीन भ्रमणमा गएका बेला चीनले नेपाल पनि जीएसआईमा सहमत भएको विज्ञप्ति जारी गरेको थियो।

माओवादी सांसद लेखनाथ दाहालले भ्रमणमा कूटनीतिक कमजोरी देखिएको बताए। उनले भारत–चीनबीच लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमति भएको विषयमा पनि सरकारले प्रष्ट धारणा दिनुपर्ने बताए।

समाजवादी सांसद प्रकाश ज्वालाले नेपाल कुनै पनि शक्ति राष्ट्रको सैन्य रणनीतिमा संलग्न नहुने भन्दै जीएसआई, अमेरिकी आईपीएस र एसपीपीबाट नेपाल अलग रहेको स्पष्ट गरे। उनले यदि जीएसआईमा समर्थन गरिएको हो भने नेपाल सुरक्षा जोखिममा पर्न सक्ने चेतावनी दिए।

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले समयमै स्पष्टीकरण दिनुपर्ने बताए। उनले लिपुलेकबारे चीनले आफू पन्छिने जस्तो देखिएको भन्दै यसलाई नेपालका लागि नकारात्मक संकेत बताए।

तपाईको प्रतिक्रिया