Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नयाँ आर्थिक वर्ष सुरु भए पनि आर्थिक गतिविधि बढ्न नसकेपछि कर्जाको माग पनि कमजोर रह्यो। यस कारण बैंकिङ प्रणालीमा बढी तरलता देखिएको छ र राष्ट्र बैंकले निरन्तर तरलता खिच्नु परेको छ। सातामा दुई पटकसम्म निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले बैंकहरूबाट अतिरिक्त रकम संकलन गर्दै आएको छ। बुधबार २५ दिनका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागिएको छ। यसअघि आइतबार मात्र ५५ अर्ब रुपैयाँ संकलन गरिएको थियो।

निक्षेप संकलन उपकरणसँगै राष्ट्र बैंकले हप्तामा ३ दिन स्थायी निक्षेप सुविधासमेत उपलब्ध गराउँदै आएको छ। हाल ब्याजदर घटेर औसत ८ प्रतिशतभन्दा तल पुगे पनि कर्जाको माग अपेक्षित रूपमा बढ्न सकेको छैन। यही कारण राष्ट्र बैंकलाई लगातार तरलता प्रशोधन (संकलन) गर्नुपरेको हो।

चालु आर्थिक वर्ष सुरु भएयता राष्ट्र बैंकले ३३ पटकमा ५४ खर्ब ३५ अर्ब ५ करोड रुपैयाँ बराबरको तरलता प्रशोधन गरिसकेको छ। १७ भदौसम्म बैंकहरूले राष्ट्र बैंकलाई बुझाएको रकम ६ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। बुधबार थप ५० अर्ब संकलन हुने छ। राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको ब्याजदर भने बोलकबोल प्रक्रियामार्फत नै तोकिनेछ।

तपाईको प्रतिक्रिया