Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपा सभापति रवि लामिछाने भैरहवा कारागारमा हुँदा धेरै पीडामा परेको र दुब्लाएको बताएका छन्।

बुधबार नख्खु कारागार पुगेर लामिछानेलाई भेटेका प्रचण्डले सञ्चारकर्मीलाई भने, “भैरहवामा उहाँको अवस्था नाजुक भएको रहेछ। यहाँ आएपछि सुधार हुँदै छ, तर उहाँ दुब्लाउनुभएको छ। अनुहारमै कमजोर देखिन्छ।”

प्रचण्डलाई लामिछानेले भैरहवाको तुलनामा नख्खु कारागार धेरै राम्रो भएको अनुभव सुनाएका छन्। रविले नख्खु कारागार प्रशासनको प्रशंसा गर्दै आफूलाई त्यहाँ सहज भएको प्रचण्डलाई बताएका छन्।

तपाईको प्रतिक्रिया