समाचार सुन्नुहोस :
काठमाडौँ – बुधबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १ लाख ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन यो मूल्य १ लाख ९५ हजार १ सय रुपैयाँ थियो। यसअघि साउन २३ गते सुन हालसम्मकै उच्च मूल्य १ लाख ९९ हजार ४ सय रुपैयाँमा पुगेको थियो।
चाँदीको मूल्य पनि ओरालो लागेको छ। अघिल्लो दिन प्रतितोला २३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँ घटेर २२ सय ५५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।








