Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जापानमा आयोजना हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने नेपाली खेलाडीहरूलाई मंगलबार खुमलटारमा बिदाइ गरेका छन्।

अगस्ट २४ र २५ तारिखमा टोकियोमा सम्पन्न हुने यस प्रतियोगितामा नेपालका एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोलीले नेपालको प्रतिनिधित्व गर्नेछन्। खेलाडीहरूलाई बिदाइ गर्दै अध्यक्ष प्रचण्डले नेपाली टोलीले मेडल जितेर देशको गौरव बढाउने विश्वास व्यक्त गर्दै उनीहरूलाई सफलताको शुभकामना दिए।

यस बिदाइ कार्यक्रममा नेपाल वादोरियो कराते डो संघका केन्द्रीय पदाधिकारी, नेपाल कराते महासंघका उपाध्यक्ष श्याम शेर्पा र सचिव बीआर लगायतका व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया