Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – उपाधि दाबेदार अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा क्यानडालाई २-० ले हराउँदै अर्जेन्टिना अपराजित रहँदै फाइनल प्रवेश गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अर्जेन्टिना ३०औँ पटक कोपाको फाइनलमा प्रवेश गरेको हो । क्यानडाविरुद्धको सेमिफाइनलमा भिडन्तमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र कप्तान लिओनल मेस्सीले १/१ गोल गरे । अमेरिकाको मेटलाइफ स्टेडियममा भएको खेलमा २२औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । उनले रोड्रिगो डी पउलको असिस्टमा सहज गोल गरेका हुन् ।

कप्तान मेस्सीले ५१औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई २-० ले अघि बढाए । त्यसपछि गोल हुन नसकेपछि अर्जेन्टिना सहज जितका साथ फाइनल पुग्यो । मेस्सीले एन्जो फर्नान्डेजको पासमा गोल गरेका हुन् । जारी कोपा अमेरिकामा मेस्सीको यो पहिलो गोल हो ।

पहिलोपटक सेमिफाइनल खेलेको क्यानडाले अर्जेन्टिनाविरुद्ध गोलको केही अवसर प्राप्त गरे पनि फिनिसिङमा चुक्यो । क्यानडाले क्वाटरफाइनलमा भेनेजुएलालाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडोरलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

तपाईको प्रतिक्रिया