Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – भलिबल खेलाडी रेशम छन्त्याललाई भलिबल खेलमा उज्ज्वल भविष्यको कामनासहित सम्मान गरिएको छ । बोहोरा फाँट समाज जापानको आयोजनामा गत हप्ता सम्पन्न भलिबल खेलमा सहभागिता जनाउन जापान आएका छन्त्याललाई आइतबार जापान छन्त्याल संघले सम्मान गरेको हो ।अहिलेको समयमा चलेका भलिबल खेलाडी छन्त्यालको सम्मान कार्यक्रममा जापानको विभिन्न ठाउँबाट छन्त्यालहरूको उपस्थित भएका थिए । छन्त्यालले अहिलेसम्म नेपालको चर्चित क्लबहरूबाट समेत खेल खेलिसकेका छन् । पछिल्लो समय नेपाल पुलिस क्लबमा आबद्ध रहेका उनले धेरै राष्ट्रिय उपाधिसमेत हात पारेका छन् ।जापान छन्त्याल संघको अध्यक्ष गंगबहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष देबिन्द्र छन्त्यालले राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव गणेश छन्त्यालले गरेका हुन् ।

तपाईको प्रतिक्रिया