Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पराजित गर्दै आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार बिहान विश्वकपको ‘सुपर-८’ अन्तर्गत भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई तीन विकेटले हरायो। वर्षाका कारण १७ ओभरमा सीमित खेलमा १२३ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले १६.१ ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्सले २९ रन, हेनरिच क्लासेनले २२ रन, म्याक्रो जनसनले २१ रन, एडेन माक्र्रमले १८ रन र क्विन्टन डिककले १२ रन बनाए। वेस्ट इन्डिजका रोस्टन चेसले तीन विकेट, आन्द्रे रसेल र अल्जारी जोसेफले दुई-दुई विकेट लिए। पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले आठ विकेटको क्षतिमा १३५ रन बनायो। रोस्टन चेसले ४२ बलमा तीन चौका र दुई छक्का सहित ५२ रन बनाएका थिए। केल मेयर्सले ३५ रन, आन्द्रे रसेलले १५ रन र अल्जारी जोसेफले ११ रन जोडे। दक्षिण अफ्रिकाका तब्राइज सम्सीले तीन विकेट लिए भने म्याक्रो जनसन, एडेन माक्र्रम, केशव महाराज र कसिगो रबडाले एक-एक विकेट लिए।

यस जीतसँगै समूह २ बाट दक्षिण अफ्रिका तीन खेल जितेर ६ अंक सहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ। अर्को खेलमा अमेरिकालाई हराउँदै इङ्ल्यान्ड पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ। समूह १ बाट चारै टोली सेमिफाइनल प्रतिस्पर्धामा छन्। भारत शीर्ष स्थानमा चार अंकसहित छ भने अस्ट्रेलिया र अफगानिस्तानका दुई-दुई अंक छन्। बङ्लादेशले अंक जोड्न सकेको छैन। आज राति ८:१५ बजे भारत र अस्ट्रेलियाको खेल हुनेछ भने मंगलबार बिहान ६:१५ बजे अफगानिस्तान र बङ्लादेशबीच प्रतिस्पर्धा हुनेछ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया