Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – युरो कप २०२४ को समूह चरणमा फ्रान्स र नेदरल्याण्ड्सले बराबरी खेलेका छन् । शुक्रबार राती जर्मनीको लाइप्जिङ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

समूह डीमा रहेका यी दुई टिमले गोलरहित बराबरी खेल्दै तालिकामा एक-एक अंक थपेपछि दुवैको समान चार-चार अंक भएको छ । यो खेलमा फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पे भने मैदान प्रवेश गरेनन् ।

अघिल्लो खेलमा नाकमा चोट बोकेका एम्बाप्पेले फेस सिल्ड लगाएर खेल्ने बताइए पनि नेदरल्याण्ड्सविरुद्ध उनलाई आराम दिइएको थियो । नेदरल्याण्ड्सका जाभी सिमोन्सले ६९ औं मिनेटमा गोल गरे पनि भिएआरले चेक गर्दा अफसाइड भएको पाएपछि गोलले मान्यता नपाउँदा अग्रता लिन सकेन । अन्ततः दुवै टिमले गोलरहित बराबरी नै खेले ।समूह डीकै अर्को खेलमा अस्ट्रियाले पोल्यान्ड्लाई ३-१ गोलले पराजित गरेको छ । अस्ट्रियाको जितमा जेनोट टुरनियर, क्रिस्टोफ बाउमगार्टनर र मार्को अर्नाउठोभिक एक एक गोल गरे ।
पोल्यान्डका लागि क्रिजस्टोफ पियाटेकले गरेको एकमात्र गोल सान्त्वनामा परिणत भयो ।

खेलको नौँ मिनेटमा जेनोटको गोलबाट अस्ट्रियाले सुरुआती अग्रता बनाएको थियो । तर, ३०औँ मिनेटमा क्रिजस्फोटले गोल गरेपछि पोल्यान्डले खेल १-१ को बराबरी अबस्थामा ल्याएको थियो ।
६६औँ मिनेटमा क्रिस्टोफले गोल गरेपछि अस्ट्रिया खेलमा २-१ ले अघि बढ्यो । ७८औँ मिनेटमा अस्ट्रियाका लागि कप्तान मार्कोले गोल गर्दै ३-१ जित दिलाए ।

जितसँगै दुई खेलबाट अस्ट्रियाले तीन अंक जोडेर तेस्रो स्थानमा छ । पराजित पोल्यान्ड भने युरोको समूह चरणबाटै विदा भएको छ ।

तपाईको प्रतिक्रिया