Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने वेस्ट इण्डिजमा आयोजना हुने आईसीसी टी-२० विश्वकपका खेलहरू खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आज जारी गरेको विज्ञप्तिमा, वेस्ट इण्डिजमा हुने दक्षिण अफ्रिका र बङ्ग्लादेशविरुद्धको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट सन्दीप लामिछाने सहभागी हुने जानकारी दिएको छ। विश्वकपमा सहभागी हुन सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्।

नेपालले वेस्ट इण्डिजमा बङ्ग्लादेश र दक्षिण अफ्रिकासँग दुई खेल खेल्ने तालिका रहेको छ, जसमा अब सन्दीपको दुवै खेलमा सहभागिता हुने निश्चित भएको छ। अमेरिकाले भिसा नदिए पनि आइसीसीसँग समन्वय गरेर वेस्ट इण्डिजमा हुने खेलमा सन्दीपलाई समावेश गरिएको क्यानले जनाएको छ।

तपाईको प्रतिक्रिया