Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – टी-२० विश्वकप अघिको पहिलो औपचारिक अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनको फराकिलो अन्तरले पराजित भएको छ। सोमबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३ बल बाँकी हुँदै १ सय २० रन बनाउँदा अलआउट भएको थियो।

ग्रान्ड प्रायरी क्रिकेट स्टेडियम डालसमा क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो। उसका लागि निकोलस क्रिटनले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेल्दा नभनित धलिवालले ३२ रनको इनिङ खेलेका थिए। त्यस्तै रभिनदरपाल सिंहले ४१ रन बनाउँदा दिलन हेलिघरले १३ रन बनाए।

नेपालका लागि अभिनास बोहराले २ विकेट लिंदा करण केसी, सोमपाल कामी, गुल्सन झा, ललित राजवंशी र सागर ढकालले समान १-१ विकेट लिएका थिए। जवाफमा १ सय ८४ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएकोनेपाल अलआउट हुँदै १ सय २० रनमा समेटियो। नेपालका लागि कुशल मल्लले ३७ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक अनिल साहले २४ रन बनाउँदा आसिफ शेखले २२ रन तथा कुशल भुर्तेलले १० रन जोडेका थिए। यि चार ब्याटर बाहेक नेपालका अन्य कुनैपनि खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

नेपाल सामु कसिलो बलिङ गर्ने क्रममा क्यानडाका दिलोन ह्यलिघरले ४ विकेट लिंदा जेरिमी गोर्डन र साद बिन जफारले समान २-२ विकेट लिए। त्यस्तै कलिम साना र प्रगत सिंहले १-१ विकेट लिएका थिए। नेपाले आइसीसीको औपचारिक अभ्यास अन्तर्गत दोस्रो तथा अन्तिम खेलमा बिहीबार अमेरिकासँग प्रतिस्पर्धा गर्ने छ।

 

तपाईको प्रतिक्रिया