Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – पाकिस्तानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि पाकिस्तानले बाबर आजमको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

विश्वकप खेल्ने पाकिस्तानी टिममा बाबर आजम (कप्तान), अबरार अहमद, आजम खान, फखर जमान, हरिस रोउफ, इफ्तिखार अहमद, इमाद वासिम, मोहम्मद अब्बास अफ्रिदी, मोहम्मद आमिर, मोहम्मद रिजवान, नसीम शाह, साइम अयुब, शादाब खान, शाहीन शाह अफ्रिदी तर उसमान खान रहेका छन् ।

टी-२० विश्वकपमा पाकिस्तान समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा पाकिस्तानसहित भारत, क्यानडा, आयरल्याण्ड र अमेरिका रहेका छन् । पाकिस्तानले विश्वकपमा पहिलो खेल जुन ६ मा आयोजक अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।

दोस्रो खेल चीरपरिचित प्रतिद्वन्दी भारतसँग जुन ९ मा हुने छ भने तेस्रो खेल क्यानडासँग जुन ११ मा खेल्ने छ । त्यस्तै समूह चरणको चौथो तथा अन्तिम खेल जुन १६ मा आयरल्याण्डसंग खेल्ने तालिका रहेको छ ।

तपाईको प्रतिक्रिया