Deneme Bonusu Veren Siteler
मङ्लबार, असार २, २०८३
Tuesday, June 16, 2026

टोकियो – सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानले नयाँ एप्लीकेसन ‘सिटी मोबाइल वालेट’ ल्याएको छ । एप्लीकेसनमार्फत जुनसुकै ठाउँबाट मात्र एक क्लिकमा आफैँ पैसा पठाउन सकिने भएको हो ।

सिटी एक्सप्रेसले एक विज्ञप्ति जारी गर्दै ‘सिटी मोबाइल वालेट’ सेवाको सुरुवात गर्न लागिएको जनाएको छ । ‘ग्राहकको सर्वसुलभतालाई ध्यानमा राख्दै विगतमा जापानका जेपी बैंकको एटिएम बाट जुनसुकै समयमा पैसा पठाउन मिल्ने गरी रेमिट कार्ड सेवा सुरु गरी हाम्रा सेवाग्राहीहरूको समयको महत्त्व र आवश्यकतालाई मध्यनजर गर्दै हाल भइरहेको सेवालाई अझै सहज र सर्वसुलभ बनाउने सोचका साथ हामी जुनसुकै समयमा जहाँ बाट पनि पैसा पठाउन मिल्ने ‘सिटी मोबाइल वालेट’ सेवाको सुरुवात गर्न गइरहेका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो सेवालाई समयको मागसँगै परिमार्जित र परिष्कृत गरी डिजिटल मोबाइल रेमिट्यान्स सेवा सुरु गर्न पाउँदा गौरवान्वित महसुस गरेका छौँ ।’अबदेखि काउण्टर, सिटी वालेट (गोल्ड)कार्ड। रेमिट कार्ड र बैंक ट्रान्सफर (फुरिकोमी)बाट सिटी एक्सप्रेसको रेमिट्यान्स सेवा लिन सकिनेछ । सिटी वालेट– मोबाइलमा सिटी एक्सप्रेस जापानको अप्लिकेसन डाउनलोड गरेर इमेल बाट सजिलै रजिस्ट्रेसन गर्न सकिने, आफै नयाँ रिसिभर थप गर्न तथा जुनसुकै समयमा जहाँबाट पनि पैसा पठाउन सकिने परिष्कृत मोबाइल अप्लिकेसन हो ।वालेटमा ३ तरिकाबाट रकम जम्मा गर्न सकिने सिटी एक्सप्रेसले बताएका छ । जसअनुसार सिटी वालेट (गोल्ड)कार्ड, काउण्टर र बैंक ट्रान्सफर (फुरिकोमी) । सिटी एक्स्प्रेसकाअनुसार सिटी वालेट कार्डमा जम्मा गरेको रकम आफ्नो अनुकूल समयमा, जुनसुकै ठाउँबाट मात्र एक क्लिकमा आफैँ पैसा पठाउन सकिने मोबाइल एप्लीकेसन हो ।मोबाइल अप्लिकेसन डाउन्लोड गरेर रजिस्टर पुराभएमा नयाँ सदस्य ले ५०० पोइन्ट रिवार्ड  प्राप्त गर्न सकिने छ भने, साथीलाई नयाँ सदस्य बन्नको लागि सिफारिस गरेमा थप ५०० पोइन्ट प्राप्त गर्न सकिने छ । हरेकपटक पैसा पठाउँदा सेवा शुल्कको १०५ पोइन्ट रिवार्ड प्राप्त गर्न सकिने विशेष क्याम्पेन पनि सुरु भएको सिटी एक्सप्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया