Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

टाउको दुख्ने समस्या कहिल्यै नभोगेका नेपाली कम नै होलान् । तपाईंलाई पनि कुनै न कुनै समयमा टाउको दुख्ने समस्याले सताएको हुनसक्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नसर्ने रोगसम्बन्धी जोखिम तत्त्वको सर्वेक्षणले पनि १५ दशमलव २ प्रतिशत व्यक्तिमा टाउको दुखाइको समस्याका कारण काम नै गर्न नसक्ने अवस्थामा पुगेको देखाएको छ । परिषद्ले सन् २०१९ को फेब्रुअरीदेखि मे सम्ममा ५ हजार ५ सय ९३ जनामा सर्वेक्षण गरेको थियो ।

सो सर्वेक्षणका अनुसार १५ दशमलव २ प्रतिशत व्यक्तिहरू गम्भीर रूपमा टाउको दुख्ने समस्याका कारण घरायसी तथा अन्य कार्य नै गर्न नसक्ने अवस्थामा पुगेको जनाएको छ । चिकित्सकका अनुसार टाउको दुख्नुको कारण पनि विभिन्न किसिका हुन्छन् । टाउको दुखाइको कारण पत्ता लगाउन कुन भागमा दुखेको छ भनेर थाहा हुनुपर्छ ।

टाउकोको फरक–फरक भागमा हुने दुखाइले फरक–फरक रोगको संकेत जनाउँछ । आज हामी तपाईंलाई टाउकोको कुन भागमा हुने दुखाइले कस्तो रोगको संकेत गर्छ भनेर जानकारी दिदैछौं ।

– यदि, तपाईंलाई आफ्नो टाउँको भारी महसुस हुन्छ र थिचिए जसरी छट्कीएर दखिरहन्छ भने तपाईंलाई धेरै तनाव भएको हुनसक्छ । मानिसलाई धेरै तनाव भएर पूरै टाउको भारी भएर दुख्ने गर्छ ।

– के तपाईंलाई हेरक महिना चार पटकसम्म नियमित रुमा टाउको दुख्छ ? टाउको दुखाइ सुरु हुनअघि आफूलाई टाउको दुख्ला जस्तो अनुभव हुन्छ ? वा टाउको दुख्नु भन्दा अगाडि नै आफूलाई टाउको दुख्न लागेको थाहा हुने गर्छ भने तपाईंमा माइग्रेनको समस्या भएको हुनसक्छ । पटक–पटक टाउको दुख्नु र टाउको दुख्नु अगाडि टाउकोको आधा भाग मात्र दुख्छ भने त्यो माइग्रेनको समस्याले टाउको दुखेको हुनसक्छ ।

– तपाईंको टाउकोको अगाडिपट्टिको भाग टन्किएर दुख्छ र टाउको उठाउन गाह्रो हुन्छ भने तपाईंलाई पिनास भएको हुनसक्छ । पिनास भएको समयमा पनि मानिसमा टाउको दुख्ने गर्छ ।

– यदि टाउकोको अगाडिपट्टि दुख्ने, आँखा गल्ने, टाउको गल्ने समस्या छ भने तपाईंको आँखाको पावर नमिलेको हुनसक्छ ।

– यदि तपाईंको टाउकोको पछाडि भाग मात्र दुख्छ भने तपाईको रक्तचाप अनियन्त्रित भएको हुनसक्छ । रक्तचाप धेरै वा कम हुन टाउकोको पछाडिको भाग दुख्ने गर्छ ।

टाउको दुखाइको कारण पत्ता लगाएर सोही अनुसारको चिकित्सक उपचार गर्दा टाउको दुखाइ कम गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया