Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – अहिलेको समयमा हामी कुनै न कुनै स्वास्थ्य समस्याको सामना गरिरहेका नै हुन्छौं । नराम्रो जीवनशैली, अस्वस्थ्यकर खानाका कारण छिट्टै विरामी पर्ने सम्भावना हुन्छ । प्रायः धेरैमा देखिने स्वास्थ्य समस्याहरु मध्ये उच्च रक्तचाप अर्थात हाई बिपी पनि एक हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यदि तपाईँलाई उच्च रक्तचाप छ भने धमनीको भित्ताविरुद्ध रक्त सञ्चार तिव्रताका साथ हुन्छ, जसकारण रगत पम्प गर्नका लागि मुटुलाई धेरै मेहनत गर्नु पर्छ ।  सजिलै लक्षण थाहा नहुने भएकाले यो रोगलाई साइलेन्ट किलरको रुपमा पनि चिनिन्छ । उच्च रक्तचापको समस्यामा धमनीविरुद्ध रगतको दवाव सामान्य भन्दा बढी हुन्छ ।

उच्च रक्तचापका कराण मुटु, रक्त बाहिका, मस्तिष्क, आँखा र आन्द्रालाई नोक्सान पुर्याउँछ । उच्च रक्तचापबाट बच्नका लागि आफ्नो जीवनशैलीमा सुधार गर्नु पर्छ । उच्च रक्तचापका लागि चिया, कफी, एनर्जी ड्रिंक जस्ता क्याफीनयुक्त पेय पदार्थ सेवन कम गर्नु पर्छ । त्यस्तै नुनको सेवन कम गर्नु पर्छ । शारीरिक गतिविधि गर्नुको साथै फलफुल र ड्राई फ्रुट जस्ता पोटाशियम युक्त खाद्य पदार्थ सेवन गर्नु फाइदाजनक हुन्छ ।

ड्राई फ्रुट मध्ये किसमिस उच्च रक्तचाप कम गर्नका लागि प्रभावकारी हुन्छ । विभिन्न अध्ययनका अनुसार किसमिसको नियमित सेवन (दिनमा तीन पटक) ले कुनै पनि व्यक्तिको उच्च रक्तचाप कम गर्न सक्छ । एउटा अध्ययनको क्रममा किसमिस खाने व्यक्तिको तुलना अन्य सामान्य स्न्याक्स खाने प्रीहाइपरटेन्शन व्यक्तिसंग गरिएको थियो, जसमा किसमिस खाने व्यक्तिको रक्तचाप पहिलाभन्दा पनि सामान्य भएको भेटियो । उ

उच्च पोटाशियम भएको खाद्य पदार्थले ब्लड शुगरलाई नियन्त्रित गर्न सहयोग पुर्याउँछ । किसमिसमा अत्यधिक पोटाशियम हुन्छ । यसमा फाइबर पनि हुन्छ । यद्यपि, केवल किसमिस खानु नै उच्च रक्तचाप कम गर्नका लागि पर्याप्त हुँदैन ।

हरिया तरकारी, फलफुल, नियमित रुपले व्यायाम गर्नु र धुम्रपान नगर्नु जस्ता बानीले उच्च रक्तचाप नियन्त्रण हुन्छ । उच्च रक्तचाप नियन्त्रणका लागि यसका साथै अत्यधिक वजन र मोटोपनबाट बच्नु पर्छ र अस्वस्थ्यकर बोसोहरुबाट टाढा रहनु पर्छ । एभोकाडो, गेडागुडी, नट्स र शुद्ध ध्यू खानु पर्छ ।

तपाईको प्रतिक्रिया