Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

काठमाडाैं – चलचित्र विकास बोर्ड, नेपालको अध्यक्ष पद मनोनीत भएका भुवन केसी पदवहाली गरेका छन् । बुधबार चाबहिलस्थित बोर्डको कार्यालयमा अभिनेता केसीले अध्यक्षको रूपमा पदभार ग्रहण गरेका हुन् ।

पदभारपछि केसीले सबैसँग छलफल गरेर आगामी कार्ययोजना बनाउने बताए । बोर्डको सेवालाई नियम कानुनको परिधिभित्र बसेर सहज ढंगले अघि बढाउने उनले बताए । उनले सरकारले आफूलाई दिएको जिम्मेवारीलाई प्रतिबद्ध भएर अघि बढाउने जिकिर गरे ।

यसअघिका अध्यक्षले सुरु गरेको कार्य योजनालाई निरन्तरता दिने र आफ्नो नयाँ कार्ययोजना ल्याउने उनको भनाई छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वर्षका लागि बोर्डको अध्यक्षमा केसीलाई मनोनीत गरेको थियो ।

तपाईको प्रतिक्रिया