Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं  भारतमा मंकीपक्सको पहिलो केस पुष्टि भएको छ। संक्रमित व्यक्ति तीन दिनअघि संयुक्त अरब इमिरेट्स (युएई)बाट केरलाको कोल्लम पुगेका थिए।

बिहीबार केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले बिरामीलाई उच्च ज्वरो र शरीरमा छाला जस्ता लक्षणहरू देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको बताइन्। हाल उनी खतरामुक्त छन्। जर्जले उक्त व्यक्ति विदेशमा मंकीपक्सका बिरामीको सम्पर्कमा रहेको बताइन्।

साथै, बिरामीको सम्पर्कमा आएका अटो चालकलगायत ११ जना यात्रुको पनि परीक्षण गरिने छ। यसअघि पश्चिमबंगालको कलकातामा पनि मंकीपक्सको शंकास्पद केस रिपोर्ट गरिएको थियो। तर, पछि उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो।

तपाईको प्रतिक्रिया