Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – काठमाडौं उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, योसँगै हैजाका बिरामीको सङ्ख्या १७ पुगेको छ। हैजा पुष्टि भएकामध्ये १२ जना पुरुष र पाँच जना महिला रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

उनका अनुसार, १२ जना निको भइसकेका छन् भने पाँच जनाको उपचार चलिरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको डा. अधिकारीले जानकारी दिए। काठमाडौंमा असार २ गते दुई जनामा हैजा देखिएको थियो। त्यसपछि लगातार हैजाका बिरामी देखिंदै आएका छन्।

त्यस्तै, अहिलेसम्म परीक्षणका लागि सङ्कलन गरिएका ७५ नमूनामध्ये ५३ नमूनामा हैजाका जीवाणु भेटिएका छन्। पहिलो पटक बागबजार क्षेत्रमा हैजाका बिरामी भेटिएका थिए। त्यहाँ परीक्षण गरिएका चार नमूनामा हैजाका जीवाणु देखिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ललितपुर क्षेत्रबाट १८ वटा नमूना सङ्कलन गरेको थियो। त्यसमध्ये १२ नमूनामा हैजाका जीवाणु देखिएका हुन्। यसै गरी काठमाडौंका विभिन्न क्षेत्रबाट ५४ नमूना सङ्कलन गरिएको थियो। तीमध्ये ३८ नमूनामा हैजाका जीवाणु देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया