Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – नेपालमा लुपसका बिरामीको संख्या बढ्दै जाँदा मिर्गौला फेल हुने, छालाको समस्या हुने, मुट कलेजो, जोर्नीको समस्याका बिरामीहरू ह्वातै बढेको लुपस नेपालले जनाएको छ।

विश्व लुपस महिनाको अवसर पारी लुपस नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा लुपसका बिरामी संख्या बढ्दै गएको जानकारी दिइएको हो। लुपस एक प्रकारको निको नहुने तर समयमै रोग पहिचान भएमा रोकथाम गर्न सकिने जोर्नीसम्बन्धी दुखाइ हुने दीर्घ रोग हो।

कार्यक्रममा बाथरोग विशेषज्ञ डा बुद्धि पौडेलले लुपसको पहिचान गर्न अहिले पहिलाजस्तो गाहो नभए पनि १५ देखि ४५ वर्ष उमेर समूहका युवा महिलामा यो रोग बढी देखिने भएकाले समयमै सचेत हुनुपर्ने बताए । नेपाल समाचारपत्र दैनिकबाट

तपाईको प्रतिक्रिया