Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडाैं – धनकुटाको महालक्ष्मी नगरपालिकाले बन झाँक्री पार्कको उद्घाटन गरेको छ । महालक्ष्मी नगरपालिका वडा नम्बर ६ र ७ मा बनाइएको पार्कको उद्घाटन गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले बन झाँक्री पार्कको उद्घाटन गरे । महालक्ष्मीको पर्यटन प्रवर्द्धनका लागि पार्कले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ। बहूवर्षीय परियोजनाबाट पार्क बनेको भन्दै अब यसले पर्यटकहरूलाई आकर्षित गर्ने महालक्ष्मी नगरपालिकाका नगरप्रमुख पर्शुराम नेपालले बताए ।

महालक्ष्मीको झाँक्री डाँडामा २ करोड ८३ लाख ७९ हजारको लागतमा बन झाँक्री पार्क निर्माण गरिएको हो । महालक्ष्मीमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पार्क बनाइएको नेपालले बताए । ‘हामीले चुनावका बेला बन झाँक्री पार्क बनाउने प्रतिबद्धता गरेका थियौँ, घोषणापत्रमा पनि लेखेका थियौँ,’ नगर प्रमुख नेपालले भने, ‘महालक्ष्मीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर पर्यटन प्रवर्द्धन गर्न पार्क बनाएका हौँ ।’

कार्यक्रममा प्रदेश सांसद इन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवान, प्रमुख जिल्ला अधिकारी युवराज कटेल, पूर्व प्रतिनिधिको तर्फबाट अग्निप्रसाद पौडेल, महालक्ष्मीका उप-प्रमुख मञ्जुकुमारी अधिकारी लगायतले बन झाँक्री पार्कले महालक्ष्मीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

पूर्व जनप्रतिनिधिहरूलाई सम्मान
धनकुटाको महालक्ष्मी नगरपालिकाले साबिक गाउँ विकास समितिका जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ । महालक्ष्मी -६ र ७ मा निर्माण गरिएको वन झाँक्री पार्क उद्घाटनको अवसर पारेर एक दर्जन भन्दा बढी पूर्व जनप्रतिनिधिहरूलाई सम्मान गरिएको हो ।

साबिकको जितपुर, लेगुवा, मुर्तिढुंगा, मारेककटहरे, चानुवा र डाँडागाउँ गाविस मिलेर महालक्ष्मी नगरपालिका बनेको हो । सम्मानित हुनेहरूमा साबिक अर्खौले जितपुर गाविसका अध्यक्ष अग्निप्रसाद पौडेल, चानुवाका अध्यक्ष दीपक बुढाथोकी, मूर्तिढुंगाका अध्यक्ष घनेन्द्रराज श्रेष्ठ, मारेककटहरेका अध्यक्ष धनबहादुर कुँवर, अर्खाैलेका अध्यक्ष रुद्रबहादुर तुम्बा र मूर्तिढुंगाका अध्यक्ष निर्मल काफ्लेलाई सम्मान गरिएको छ ।

त्यस्तै, लेगुवाका गाँउपञ्चायत प्रधानपञ्च मानबहादुर मिश्र, लेगुवा गाविसका उपाध्यक्ष शोभित भण्डारी, डाँडा गाउँका उपाध्यक्ष चित्रमणी कार्की, मारेककटहरेका उपाध्यक्ष जितबहादुर अधिकारी, अर्खौले जितपुर गाउँ पञ्चायतका उपप्रधानपञ्च खोजबहादुर खड्का, मूर्तिढुंगा गाउँ पञ्चायतका उपप्रधानपञ्च भक्तलाल मादेन र मारेककटहरे जिल्ला पञ्चायत सदस्य ४ नं. क्षेत्र एवं मारेककटहरे गाउँ पञ्चायत प्रधानपञ्च लिलाबहादुर केसी लगायतलाई सम्मान गरिएको हो ।

लोगो बनाउने र नगर गान रचना गर्ने पनि सम्मानित
महालक्ष्मी नगरपालिकाले नगरको लोगो निर्माण गर्ने मुकुन्द प्रयास र नगर गानका रचनाकार कृष्णकुमार रानालाई सम्मान गरेको छ । नगरपालिकाको प्रतीक चिन्ह लोगो आफ्नो कलाको माध्यमबाट निर्माण गर्ने प्रयास र शब्दशील्पको माध्यमबाट नगर गान रचना गर्ने कृष्णकुमार रानालाई सम्मान गरिएको हो । उनीहरूलाई जनही नगद २०-२० हजारसहित प्रशंसा पत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरियो ।

तपाईको प्रतिक्रिया