Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

अहिले खानपान र जीवनशैलीमा ध्यान नपुर्याउने मानिसमा मधुमेहको जोखिम बढ्दो छ । मीठो, मसिनो खाने र शारिरीक परिश्रम नगर्ने र बढि आराम गर्ने मानिसमा मधुमेहको जोखिम हुने गर्दछ । यसले जुनै उमेर, बर्गको मानिसलाई गाँज्न सक्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मधुमेह हुनुमा खानपान र जीवनशैली जिम्मेवार हुन्छ । अस्वस्थ्यकर खानपान र जीवनशैली नै मधुमेह रोग लाग्ने संभावनाका कारक हुन् । यस्तोमा मधुमेह वा ब्लड सुगर लेभललाई कसरी नियन्त्रण गर्ने त ?

१. नियमित बिहान र साँझ १५ मिनेट हिँड्ने गरेमा ब्लड सुगर लेभल नियन्त्रण हुन्छ । त्यसैले मधुमेह रोगीको लागि हिँडडुल गर्नु राम्रो व्यायम हो ।

२. मधुमेह रोगीले दैनिक साढे दुई लिटर पानी पिउनु पर्दछ । यसले मधुमेहको स्तर नियन्त्रण गर्न सघाउ पु¥याउँछ ।

३. मधेमेहका बिरामीले पालुंगो, करेला, लौका जस्ता तरकारी खानु उपयोगी हुन्छ । यसमा कम क्यालोरी हुनका साथै भिटामिन सि, म्यागनेसियम धेरै हुन्छ ।

४. ब्लड सुगर स्तर नियन्त्रण राख्न मेथीको सेवन उपयोगी हुन्छ । एक चम्चा मेथीको चुर्ण तातो दुधमा मिलाएर दिनहुँ पिएमा यसले ब्लड सुगर स्तर नियन्त्रण गर्दछ ।

५. ताजा फलमा भिटामिन ए र सी हुन्छ, जसले रगत र हड्डी स्वस्थ्य राख्छ । यसका साथै जिंक, पोटासियम, आयरन, फाइबर पनि हुने भएकाले ब्लड सुगर लेभल नियन्त्रण गर्छ ।

६. नियमित खानामा जौको प्रयोग गर्दा पनि ब्लड सुगरको स्तर नियन्त्रण हुन्छ । जौमा फाइबरको मात्रा अधिक हुन्छ । यसले ग्लुकोजको स्टरलाई मेटाबोलाइज गर्न मद्दत गर्छ ।

७. शरीरमा भिटामिन डीको कमीले इन्सुलिनको मात्रा बढ्छ । यसैले सहि मात्रामा भिटामिन डि लिनुपर्छ, जसले ब्लड सुगरको लेभल कम गर्छ ।

तपाईको प्रतिक्रिया