Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक जापानमा नेपालीले नेपालीसंग विवाह गर्नुपरेमा अपनाउनुपर्ने आवश्यक प्रक्रियाका साथै सम्बन्ध विच्छेदको प्रक्रियाका बारेमा संक्षिप्त चर्चा गरिएको छ ।

बिबाह प्रक्रिया वा सम्बन्ध विच्छेद गर्दा इमिग्रेशनको कुनै भूमिका हुँदैन । तर भिसा नविकरण वा परिवर्तन गर्दा भने पारिवारिक विवरणमा पति वा पत्नीको स्थितिका बारेमा अनिवार्य जानकारी उल्लेख गर्नुपर्दछ । जापानमा बिबाह गर्दा आफु बसेको सिटी कार्यालयमा गई बिबाह दर्ता गराउनुपर्ने प्रावधान छ । बिबाहका लागि दुवै जना अबिबाहित वा सिंगल भएको प्रमाणपत्र, जन्म दर्ता प्रमाण पत्र नेपालको सम्बन्धित स्थानिय निकायबाट निकाल्नुपर्दछ र त्यसलाई नेपालको परराष्ट्रमन्त्रालयबाट प्रमाणित गराई त्यसपछि फेरि जापानस्थित नेपाली राजदूताबासबाट पनि प्रमाणित गराएपछि मात्र त्यसलाई आवश्यकता अनुसार जापानीकरण गर्नुपर्ने हुन्छ । आफु बसेको सिटी कार्यालयमा बिबाह दर्ता भई बिबाह दर्ता प्रमाणपत्र हात परिसकेपछि मात्र इमिग्रेशनमा डिपेन्डेन्ट भिसाका लागि आवेदन गर्न सकिन्छ । दुबैजना डिपेन्डेन्ट भिसामा रहेकाहरुबीच विवाह भएको अवस्था हो भने उनीहरू मध्य एक जनाले अन्य कुनै भिसा (बिजनेश वा रोजगारी) परिवर्तन गर्नुपर्छ । नेपालमा रहेको श्रीमान वा श्रीमतीलाई जापान बोलाउने हो भने एलिजिबिलिटीका लागि इमिग्रेशनमा आवेदन गर्नुपर्दछ । त्यसका लागि पनि विवाह भएको प्रमाणपत्र चाहिन्छ ।

यसैगरी पति वा पत्नीसंग सम्बन्ध विच्छेद गर्नुपरेमा यदि नेपालमा भएको बिबाह हो भने पति वा पत्नी मध्य एकजना नेपालमा गई अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता गराउनुपर्छ । जापानमै भएको बिबाह हो भने जापानको सम्बन्धित निकायमा गई सम्बन्ध बिच्छेदका लागि निबेदन दर्ता गराउनुपर्दछ । यस्तो अवस्थामा डिपेन्डेन्ट भिसा, जापानी नागरिकको पति वा पत्नी वा स्थायी भिसाबाहकको पति वा पत्नीका हैसियतले प्राप्त भएको भिसाबाहक ब्यक्तिसंग सम्बन्ध विच्छेद भएमा वा जीवनसाथीको मृत्यु भएमा दुई हप्ताभित्र इमिग्रेशनलाई जानकारी गराउनुपर्दछ । सम्बन्ध विच्छेद भएमा अर्थात पति वा पत्नीको मृत्यु भएमा पारिवारिक भिसाबाहकको हकमा तीन महिना जापानी नागरिकको पति वा पत्नी वा स्थायी भिसाबाहकको पति वा पत्नीको हकमा ६ महिना भित्रमा इमिग्रेशनले भिसा रद्द गरिदिन सक्छ । त्यस्तो अवस्थामा आफ्नो भिसा सुरक्षित राख्न समयमै अर्को कदम चाल्नुपर्ने हुन्छ । त्यसका लागि जापानमा रोजगारी भिसा भएको ब्यक्ति, जापानी वा स्थायी भिसाबाहकसंग विवाह गर्न सकिने छ भने आफैले पनि रोजगारी वा बिजनेश भिसामा परिवर्तन गर्न सकिने छ । त्यसका साथै मापदण्ड पुगेकाहरुले भने स्थायी भिसा (एइज्यु) का लागि आवेदन गर्न पनि सक्ने छन् ।

यसैगरी रोजगारी भिसाबाहक ब्यक्तिले डिपेन्डेन्ट भिसाबाहकसंग सम्बन्ध विच्छेद भई अर्को ब्यक्तिसंग बिबाह गरी डिपेन्डेन्ट भिसाका लागि आवेदन गर्नुपरेमा पहिलेको पति वा पत्नीसंग सम्बन्ध विच्छेद भएको तथ्य पुष्टि गर्ने सम्बन्ध विच्छेदको प्रमाणपत्र र नयाँ बिबाहको प्रमाणपत्र पनि अनिवार्य बुझाउनुपर्दछ ।***

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mob.070-4339-4972

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया