Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – प्रशान्त महासागरको किनारमा रहेको एक विमानस्थलमा अवतरण गर्ने क्रममा अाज एउटा विमान गम्भीर दुर्घटनामा परेको छ । ४७ यात्रु बोकेको पपुआ न्यू गिनीको एयर न्यूगिनीको बोइङ ७३७-०० विमान मोइकोनेसियास्थित चुक विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएर समुन्द्रमा पसेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विमान बिहान करिब ९ः३० बजे अवतरण गर्ने तालिका थियो । अवतरणका लागि आइपुगेको विमान धावनमार्गमा नरोकिई अघि बढेको थियो । सिधा अगाडि समुन्द्र रहेका कारण विमान समुन्द्रभित्र प्रवेश गर्याे ।‘मैले हामी अवतरण भयाैं हाेला भन्ने साेच्दैथिएँ । एक्कासी विमानका प्वालबाट पानी अाएकाे देखेँ’, एक जना यात्रु बिल जयनेसले भने, ‘विमानभित्र पानी भरिनुभन्दा अगाडि नै उद्धारकर्ता अाइपुगेर हामीलार्इ बाहिर निकाले ।’

धावनमार्गमा १६० मिटर दौडिएपछि विमान अगाडिको समुन्द्रमा पुगेको थियो । जहाजमा ३६ यात्रु र ११ चालक दल सदस्य थिए । विमानस्थलका अनुसार विमानमा रहेका सबै यात्रु सकुशल छन् । विमानमा रहेका केही यात्रु एवं चालक दल सदस्यलाई अस्पताल भर्ना गरिएको छ ।एयर न्यूगिनले एक विज्ञप्ति जारी गर्दै एयरलाइन्स कम्पनीले यात्रु र चालक दल सदस्यकाे हेरचाहमा ‘सबै प्रयास’ जारी राखेकाे जनाएकाे छ । दुर्घटनाकाे छानवीन गर्न पपुआ न्यू गिनीकाे एक टाेली दुर्घटनास्थल पुगेकाे छ । सन् २०१३ मा १०१ यात्रु बोकेको लायन एयरको जहाज इन्डोनेसियाको डेन्पासरमा अवतरण गर्ने क्रममा पानीमा पुगेको थियो ।

तपाईको प्रतिक्रिया