Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी वरीयतामा आफूमाथि अन्याय भएको बताउनु भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको मार्क्सको २०० वर्षको शतवार्षिकी कार्यक्रममा सहभागी भएर फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खनालले सो कुरा बताउनु भएको हो ।

वरीयतामा आफूलाई तल पारेर अन्याय गरेको गुनासो गर्ने नेता खनालले आफूले पार्टीभित्रै न्यायका लागि संघर्ष गर्ने बताउनुभयो । ‘वरीयतामा भएको अन्यायका विरुद्धमा पार्टीभित्र भिन्न मत राखेको छु, पार्टीभित्रै संघर्ष गर्छु’, उहाँले भन्नुभयो, ‘न्याय पाउनका लागि आफ्नो लडाइँलाई जारी राख्छु तर बाहिर भन्ने कुरा म गर्दिनँ ।’

उहाँले पार्टीलाई एकजुट र बलियो बनाउन आफ्नो योगदान रहने पनि बताउनु भएको छ । चीनको कन्तुङ्ग प्रान्तको सेन्जिएनमा भएको कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा खनाल चीन जानुभएको थियो । कार्यक्रममा विश्वका १ सय ६० भन्दा बढी कम्युनिस्ट पार्टीका प्रतिनिधिको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया