काठमाडौं – संघीय समाजवादी फोरम, नेपाल दुई मन्त्रालयसहित आजै सरकारमा सहभागी हुने भएको छ । फोरम अध्यक्षसमेत रहनुभएका उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने टुङ्गो लागेको हो । परराष्ट्र मन्त्रालयमा दाबी गर्दै आउनुभएका अध्यक्ष यादवले अन्ततः स्वास्थ्य मन्त्रालय पाउनुभयो ।
त्यसैगरी फोरमका तर्फबाट अर्का मन्त्री मोहम्मद इस्तियाक राई बन्दै हुनुहुन्छ । उहाँलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । सरकारमा दलको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्नु हुनेछ । नयाँ मन्त्रीहरुको शपथ ग्रहण आजै दिउँसो ३ बजे हे राष्ट्रपति कार्यालयले जनाएको छ ।








