Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडाैं – पाल्पामा बस दुर्घटना १२ जनाको मृत्यु भएको छ । भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा तानसेन-४ का विष्णुमान बज्राचार्य, तानपा-३ का देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य,  छत्रमान शाक्य, तानपा-६ का सुशीलप्रसाद श्रेष्ठ, सचिन बज्राचार्य, तानपा-४ कृष्णबहादुर बोहोरा, दुर्गाबहादुर सारु, तानपा-२ लोकनाथ ढकाल, तानपा-३ कमला कार्की, वसन्ती खाँण, तानपा-६ गीता बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिनुभयो ।

सचिनको मिशन अस्पताल र कमलाको मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयाे । जिल्लाको सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५ नम्बरको बस रम्भा गाउँपालिका-४ हुमीनमा दुर्घटनामा भएको हो । बस सडकभन्दा डेढसय मिटर तल खसेको छ । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनबाट भ्रमण जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

घाइते मध्ये १० जनाको मिशन अस्पताल तानसेन र एक जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया