Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – सुन तस्करी र सनम शाक्य मुद्दाका अभियुक्त एसएसपी श्याम खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले सुन तस्करीमा संलग्न रहेको भन्दै एसएसपी खत्रीलाई थुनामा राख्न आदेश गरेको हो ।

आज मोरङ जिल्ला अदालतसमक्ष आत्मसर्पण गरेपछि उनीमाथि बयान लिइएको थियो । अदालतसमक्ष खत्रीले आफू सुन तस्करीमा संलग्न नरहेको बयान दिएका छन् । उनले सुन नै नभेटिएको अवस्थामा तस्करी भएको भन्ने कुरा नै पुष्टि नहुने समेत बताएको जनाइको छ । उनले आत्मसमर्पण गरेलगत्तै न्यायाधीश शर्माको इजलासमा बयान लिन सुरु गरिएको थियो ।

करिब ५ घण्टा चलेको बयानमा उनले त्रिभुवन विमानस्थलबाट सुन तस्करी भएको कुरा आफूलाई थाहा नभएको र तस्करीमा संलग्न समेत नरहेको दाबी गरेका छन् । सुन तस्करीमा सघाएबापत रकम लिने गरेको कुरा पनि सत्य नभएको उनको भनाइ थियो । उनको बयान सकिएपछि सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता पुण्य प्रसाद पाठकले बहस गरेका थिए । खत्रीका तर्फबाट अधिवक्ता हेमराज पन्तले बहस प्रस्तुत गरेका थिए ।

अदालतले प्रतिवादी श्यामबहादुर खत्री कसुरदार रहेको भन्ने कुरा विश्वास गर्ने आधार मनासिव देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल उनलाई संगठित अपराध ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अ.बं.११८ को देहाय २ का आधारमा पुर्पक्षका लागि मोरङ कारागार पठाएको हो ।

तपाईको प्रतिक्रिया