Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026
टोकियो- जापानी महिलाको हत्या अभियोगमा १५ बर्षदेखि जापानी जेलमा रहेका गोविन्द मैनालीलाई सर्वोच्च अदालतको आदेश अनुसार उनी रहेको योकोहामा कारागारबाट बिहीबार रिहा भए।
सर्वोच्च अदालतको फैसलाप्रति सरकारी वकिलले दर्ता गरेको रिट समेत सर्वोच्च अदालतले खारेज भएपछि सुनुवाई सुन्न जापान आएका श्रीमती र दुई छोरीहरु खुशीले उफ्रे । उनका वकिल र शुभेच्छुकले आँशु नै झारे ।
उनलाई एक जापानी महिलाको बलात्कारपछि हत्या गरेको ठहर गर्दै सोही अदालतले आजिवन कारावासको सजाय सुनाएको थियो। सर्बोच्चले डिएनए परिक्षणको नतिजालाई आधार मान्दै जापानी युवती हत्यामा मैनाली संलग्न नभएको पुष्टी हुन आएकोले निर्दोष साबित भएको फैसला सुनाएको हो ।
मैनाली निर्दोष रहेको भन्दै उनको रिहाईका लागि गठित मैनाली सहयोग समितिले शुरुदेखि अन्तसम्म निरन्तर संघर्ष गर्दै आइरहेको थियो ।
हेर्नुस् फोटो फिचर

तपाईको प्रतिक्रिया