टोयोटा – नेपाल आदिवासी जनजाती महासंघ जापानको आइतवार टोयोटामा बसेको बैठकले संघका सदस्यद्वय साम्देन शेर्पा र श्रीमती जन्ग्मु शेर्पा नेपाल फर्केपछि रिक्त हुन आएको पदमा पेम्बा शेर्पा र श्रीमती आङ्गफुटी शेर्पालाई चयन गरि रिक्त स्थानमा पदपूर्ती गरिएको छ ।
संघका सहअध्यक्ष जिग्मे शेर्पाको अध्यक्षतामा बसेको बैठकमा आदिवासी जनजाती महासंघ जापानको मातहतका सबै एकल जातिय संघसंस्थाका अध्यक्ष तथा महासचिवको उपस्थिति रहेको थियो ।
नेपालका सत्ताधारीहरुले आदिवासी जनजातीहरुमाथि अपहेलना गरेकोले कुनै नयां बिकल्प अपनाउनुपर्ने सह-अध्यक्ष जिग्मे शेर्पाले बैठक समापन गर्ने क्रममा उल्लेख गरेका थिए |
बैठकमा, नेपाल आदिवासी जनजाती महासंघ केन्द्रले गरेको विभिन्न गतिबिधीहरुमा आदिवासी जनजाती महासंघ जापानको तर्फ़बाट ऐक्यबध्दता जनाईएको थियो । बैठक टोयोटा सिटीस्थित न्यू-शेर्पा रेष्टूरेन्टको सभा कक्षमा भएको थियो | ***