Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो – नेपाल आदिबासी जनजाति महासंघ जापानले पहिचानसहितको संघीयताको माग गर्दै हाल नेपालमा चलिरहेको जनजातीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

महासंघको तर्फबाट महासचिव पासाङ शेर्पाले आज एक बिज्ञप्ती प्रकाशित गर्दै ऐक्यबद्धता जनाएको हो । महासंघद्वारा जारी बिज्ञप्तको पूर्ण पाठ यसप्रकार छ ।

नेपाल आदीवासी जनजाति संयुक्त सघर्ष समितिले घोषणा गरेको जेठ ७, ८ र ९ गतेको आम हड्तालको पहिलो दिन सामान्य हिंसा बाहेक शान्तिपूर्ण तवरले सम्पन्न भएको छ ।

सयौं बर्षदेखि शोषित पीडित जनजाति, मधेशी तथा पिछडिएका बर्गहरुले आफ्नो अधिकारको माग गरिरहेको अवस्थामा पनि षडयन्त्रपूर्वक ११ प्रदेश बनाउने सहमति गरेको विरुद्धमा घोषित नेपाल बन्द हड्तालको क्रममा केही जनजाति, मधेशी विरोधी तत्वहरु पत्रकारको रुप धारण गरेर विभिन्न तरिकाबाट अवरोध गर्न अघि बढेको कार्यप्रति नेपाल आदिबासी जनजाति महासंघ जापान गम्भीर ध्यानाकर्षण भएको छ ।

निष्पक्ष र ब्यवसायिक पत्रकारिताप्रति हाम्रो संधै उच्च सम्मान र कदर रहेको स्पष्ट पार्न चाहान्छौ यद्यपि ठूलठूला मिडिया हाउसहरु संघीयता र पहिचानको प्रदेश निर्माणको विपक्षमा, जनजाति, मधेशीहरुको विरुद्धमा लेख्दै आएका, उत्पीडितजन्य अवाजहरुलाई दबाउदै आएको कार्य अत्यन्त निन्दनीय छ । सरकारी स्वामित्वको राष्ट्रिय समाचार समिति, नागरिक, हिमाल मिडिया, कान्तिपुर लगायतका मिडियाहरुले जनजातिहरुको आवाजलाई कति समेटिरहेको छ संघीयता विरोधी (तपाई) हरुको के कति समेटिरहेको छ, हामीले पनि त्यसको मुल्याङकन तथा हिसाव किताब राखिरहेका छौं । यद्यपि तपाईहरुले हाम्रो समाचारलाई प्रेषित गर्नैपर्छ भन्ने हाम्रो मन्यता होइन तर हाम्रो बिरोधमा कहि पनि नभएको भ्रम समचारहरुलाई प्रेषित गरि बिरोध गर्ने अधिकार पनि तपाईहरुसंग छैन सहि समचारहरुलाई बङ्ग्याएर समाजमा नराम्रो सन्देश छरि भ्रम सिर्जना गर्ने कार्यहरुलाई त्याग्न नेपाल आदिबासी जनजाति महासंघ जापान विनम्रतापूर्वक आग्रह गर्दछौ ।

गत जेठ ७ गते रिपोटर्स क्लवमा जनजाति महासंघका महासचिव श्री आङकाजी शेर्पाज्यूले बन्दको बारेमा जानकारी दिने पत्रकार भेटघाट कार्यक्रममा केही पत्रकारहरुबाट भएको अवरोध तथा तिखो प्रहारको हामी नेपाल आदिबासी जनजाति महासंघ जापान लगायत विभिन्न मुलुकमा रहेका आदिबासी जनजातिहरु घोर निन्दा गर्दछ । स्पष्टताका साथ भन्नु पर्दा अवरोध कर्ता सच्चा पत्रकार नै होइनन् भन्ने हाम्रो बुझाई तथा ठहार रहेकोछ र यदि पत्रकार नै हो भने, जनविरोधी पत्रकारको सहिरुप देखाएको छ भन्ने कुरो सबैलाई स्पष्टा गराएको छ । उक्त जानकारी दिने कार्यक्रममा महासचिव शेर्पाज्यूले त्यस्तो कुनै पनि नराम्रो कुराहरु भन्नु भएको छैन जे बोल्नु भएको छ सहि र वस्ताबिकतामा आधारितलाई लिनु भएको छ । यो कुरालाई तपाईहरुले पनि YouTube को Ang Kaji Sherpa at Reporters Club वेभमा उपलब्ध भिडियोमा हेर्न सक्नु हुन्छ । तथापी एक्कासी पत्रकारको खोल ओढेका केही जनजाति, मधेशी विरुद्धका ब्यक्तिहरुले अवरोध तथा बाधा अर्जण गरिएकोमा हामीलाई आश्चर्य लागेको छ । संकुचित विचार धारा राख्ने ती मित्रहरुको लेखाजोखा र जानकारी हामीले पनि राखिएका छौं एउटा सार्वजनिक कार्यक्रम भईरहेको बेला छातीमा पत्रकारको बिल्ला टांसिएर पत्रकार मात्र नभई मानाविय ब्यवहारबाट नै बाहिरा गएर मन परी बोल्नले सांचिकै सच्च पत्रकार मित्रहरुलाई पनि खोद लागेको छ भन्ने हाम्रो बुझाई हो, त्यसैले निजलाई सार्वजनिक माफि माग्न आग्रह गर्दछौ ।

एक जातिको मात्र हालीमुहाली रहनुपर्छ, जनजाति, मुस्लिम, मधेसी, पिछडियका वर्गलाई सधै हली, कम्लरी, कमैया र भरिया मात्र बनाउनु पर्छ भन्ने नियतले छेडिएको उग्र जातिबादी आदोलन अहिले पत्रकारिताको क्षेत्रबाट, पुलिस र प्रसाशानको क्षेत्रबाट प्रवेश गरेको अनुभव हामीले गरिएको छौं । त्यसैले सम्पूर्ण न्यायपूर्ण आन्दोलनकर्मीहरुलाई संचेत रहन आब्हान गर्दै पत्रकारिता, प्रहरी र प्रसासनलाई आ-आफ्नो शाखा बचाउन समेत हार्दिक अपिल गर्दछौ ।

लामो समयदेखि सहिष्णुतापूर्वक रहेको सामाजिक सद्भावलाई भत्काउने काम कसैबाट नहोस हामी बारम्बर अनुरोध गरिरहेका छौं र गर्न चाहान्छौ । सदियौ देखि शोषण, दमनमा परेकाहरु मुक्तिका लागि अधिकार माग्न आन्दोलन गरिरहेका छन् तर सत्ता, शक्ति सबैसबै सधैसधै लिएकाहरु पनि आन्दोलनमा उत्रिएका छन् त्यो के का लागि हो रु के यो देश तपाईहरुको भागमा परेको आंशा हो रु यहां अरु जतियहरुले जिउने आधिकार छ कि छैन रु १०० जाति भन्दा माथि भएको भन्ने यो मुलुक सबै जातिले आफ्नो भाषा, संस्कृति, पहिचान र जातिय पहिचानको आदर र सम्मान पाउनै पर्छ होइन भने अन्तमा सिंधै लडेर, भिडेर पनि लिनु पर्ने बध्यता हुन सकिन्छ, हामी अग्रिम खबरदारी गराउन चाहान्दछौं ।

आदरणिय सम्पूर्ण जनजाति, मधेसी, मुस्लिम तथा पिछडाबर्ग मित्रहरुलाई अत्यन्तै सयंमताको साथमा आन्दोलन गर्न आग्रह गर्दछौ । साथै यहांहरुको आन्दोलनमा हामी विश्वभरका जनजाति, मधेसी, मुस्लिम तथा पिछडाबर्ग हरुको समर्थन र सहयोग रहेको ब्यहोरा जानकारी गराउदछौ । तपाईहरुले गर्नु हुने प्रत्येक न्यायपूर्ण आन्दोलनहरुको फोटो, भिडियो तथा अडियोहरुलाई विश्वब्यापी सामाजिक संजाल फेसबुक, युट्यव र ट्युटर जस्तामा जति सक्दो चाँडो अपलोड गर्नुहुन पनि अनुरोध गर्दछौ । ती सबै फाइलहरुलाई जनजाति आन्दोलन २०१२ नाम दिई अपलोड गरेको खण्डमा अत्यन्तै प्रभावकारी हुनेछ तब आन्दोलन र मागको बारे नेपालका जनजाति, मधेशी विरोधी मिडियाहरुले नसमेटपनि कुनै फरक पर्ने छैन ।

निष्पक्ष संविधान निर्माण गरेर समृद्ध नेपाल निर्माणमा सामुहिक प्रयत्न, सामुहिक सहभागिता र समान दृष्टिकोण हुनु पर्ने बेला हो । कसैले ब्यक्ति र समुदायको नैसर्गिक अधिकारको माग गर्दा अध्ययन गरि उचित अधिकार दिनु पर्ने आजको आव्श्यक्त र माग हो तर विडम्बना झनै दमन गर्नु खेद जनक रहेको छ ।

अंतमा सम्पुर्ण जातिको साझा नेपाल बनाउनको लागि जनजाति संघर्ष समितिले आब्हान गरेको बन्द आमहड्ताल र संवाद एकैसाथ अघि लैजान तथा सफल बनाउन सम्बंधित सबैको निरन्तर सहभागिताको लागि नेपाल आदिबासी जनजाति महासंघ जापान हार्दिक अनुरोध तथा अपिल गर्दछौं । ***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया