Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं –  प्रायः बच्चाहरू धोद्रो स्वरमा रुन्छन् । यस्तो समस्यालाई मानिसले सामान्य रूपमा लिने गर्छन् । तर, विचार पुर्‍याउनुपर्ने कुरा के छ भने यही कारणले बच्चाको ज्यानसमेत जान सक्छ । त्यसैले बच्चा धोद्रो स्वरमा रोएको थाहा भएमा सावधानी अपनाउन जरुरी हुन्छ :

डा. अरुणकुमार सिंह
बालरोग विशेषज्ञ

-श्वासमार्गमा भाइरल संक्रमणका कारण बच्चाको स्वर धोद्रो हुने गर्छ । भाइरलको संक्रमणले बच्चाको घाँटीभित्रको भाग सुन्निने अवस्थामा पुग्छ र श्वासप्रश्वासमा बाधा उत्पन्न गर्छ ।

-भाइरलले संक्रमण गरेपछि खोकी लाग्ने, स्ट्रिडर, घाँटी बस्नेजस्ता लक्षण देखा पर्छन् । क्रुप वा घातक पाराइन्फ्लुएन्जाको कारण पनि बच्चामा भाइरल संक्रमण हुन जान्छ ।

-भाइरल इटिओलोजिजमा इन्फ्लुएन्जा ए र बी, दादुरा, एडिनोभाइरस र रेस्पिरेटरी सिन्सियल भाइरसका कारण पनि यस्तो रोग लाग्ने सम्भावना हुन्छ ।

-भाइरल संक्रमणले कण्ठ, श्वासनली र ठूलो वायुनलीमा असर गर्छ र श्वासनलीमा बाधा उत्पन्न हुन्छ ।

-यस्तो संक्रमणका वेला खोकी लाग्ने, घर्घर आवाज आउने, घाँटी बस्ने सास फेर्न गाह्रो हुनेलगायतका समस्या देखिन्छ । रातको समयमा बच्चालाई बढी मात्रामा यस्तो समस्याले सताउने गर्दछ । ज्वरो, साधारण रुघाखोकी, कोखा दुख्ने, बढी रयाल चुहाउने भएमा यही रोगको लक्षण पनि हुन सक्छ ।

तपाईको प्रतिक्रिया