Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं  – ‘मधुमेह र महिला स्वास्थ्य’ भन्ने नाराका साथ मंगलबार विश्व मधुमेह दिवस मनाईंदैछ । अन्तर्राष्ट्रिय मधुमेह संघले सन् १९९१ देखि मधुमेहले स्वास्थ्यमा पार्ने असर बारेमा जानकारी दिन यो दिवस मनाउन थालेको हो । हरेक १० जना मधुमेहका बिरामी मध्ये एकजना महिला रहने गरेको तथ्याङ्क छ ।

विशेष गरी गर्भवति महिलामा मधुमेहको जोखिम बढेकाले यो वर्षको नारा मधुमेह र महिला स्वास्थ्य राखिएको हो । वीर अस्पतालका मधुमेह, थाइराइड तथा हर्मोन विशेषज्ञ डा. अलर्क देवकोटा रजौरियाका अनुसार गर्भावस्थामा मधुमेह देखिए ती महिलालाई भविष्यमा मधुमेह हुने खतरा धेरै हुन्छ ।

महिलामा मधुमेह भए, उसबाट जन्मने बच्चामा अपाङ्गता हुनसक्न तथा महिलाको मृगौला, आँखा, मुटु, खुट्टा र नलीमा असर हुन्छ । तौल घट्नु, थकान बढ्नु, मुख सुख्खा हुनु र धेरै पिसाव लाग्नु मधुमेहको मुख्य लक्षण भए पनि ५० प्रतिशत मानिसमा कुनै पनि प्रकारको लक्षण नदेखिने गरेको उहाँले बताउनुभयो । तेलमा तारिएका खानेकुरा मधुमेहको लागि सबैभन्दा हानिकरण भएको डाक्टरको भनाई छ ।

यस्तै मैदाले बनेका मम, चाउमिन, भूजिया लगायतका खानेकुरा पनि नखान डाक्टरको सुझाव छ । नियमित कम्तिमा पनि आधा घण्टा पसिना आउने गरी व्यायाम गर्नु नै मधुवेहबाट जोगिने उपाय भएको उहाँले बताउनुभयो । विश्वमा झण्डै ४२ करोड मानिस मधुमेह रोगबाट पीडित भएका विभिन्न अध्ययनले देखाएको छ ।

मधुमेहका झण्डै ८० प्रतिशत विरामी विकासोन्मुख राष्ट्रका छन् । पहिले पहिले विकाशसिल राष्ट्रमा देखिएको मधुमेह केही वर्ष यता विकासोन्मुख राष्ट्रमा विकराल बन्दै गएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया