Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

पाल्पा – स्वास्थ्य संस्थामा गर्भ परिक्षण गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ ।

आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि पाल्पामा स्वास्थ्य संस्थामा गएर नियमित गर्भ परीक्षण गराउने महिलाको संख्यामा वृद्धि भएको हो । विसं २०६८ बाट पाल्पामा आमा सुरक्षा कार्यक्रम शुरु भएको हो ।

पहिले पहिले गर्भ बसेपछि डर र लाज मानेर घरदेखि बाहिर ननिस्कने यहाँका महिला अहिले भने खुलैरै स्वास्थ्य संस्थासम्म पुग्ने गर्छन् । गर्भ रहेदेखि नै परिवार र आफन्तको साथमा गर्भ परीक्षण गराउन जाने गरेको पाइएको छ ।

गर्भवती महिलामध्ये आर्थिक वर्ष ०७३-७४ मा ६९ प्रतिशत, ०७२-७३ मा ६२ प्रतिशत र ०७१-७२ मा ६५ प्रतिशतले स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो । जिल्लाका २५ वटा स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भइरहेको उहाँले बताउनुभयो ।

स्वास्थ्य संस्थामा गएर चार पटक गर्भ परीक्षण गराए बापत चार सय र स्वास्थ्य संस्थामा नै सुत्केरी हुनेले यातायात खर्च बापत थप रु एक हजार पाउने गरेका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्क रुपमा सुत्केरी सेवा प्रदान गरिँदै आइएको छ । यसले गर्दा पनि महिलालाई स्वास्थ्य संस्थामा नै गएर गर्भ परीक्षण गर्न उत्साह मिलेको बताइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया