Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – डाक्टरहरुको आन्दोलनका कारण देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

उपचार गर्दा बिरामीको ज्यान गएमा उपचार गर्ने चिकित्सकबाटै क्षतिपूर्ति तिराउने विधेयक ल्याउने सरकारको निर्णयविरुद्ध चिकित्सक संघले आजदेखि आकस्मिकबाहेकका सेवा बन्द गर्दा बिरामीलाई समस्या भएको हो ।  बहिरंग सेवा लिन पुगेका बिरामीहरु अस्पताल पुगेर त्यसै फर्कनु परेको छ ।

मन्त्रीपरिषदको गत सोमबारको बैठकले उपचारका क्रममा बिरामीको ज्यान गएमा उपचार गर्ने चिकित्सक नै जिम्मेवार हुने र क्षतिपूर्ति पनि चिकित्सकले नै तिर्नुपर्ने मनसायसहितको विधेयक तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो ।  निर्णयको विरोधमा डाक्टरहरुले बिहीबार काठमाडौंको माइतीघरमण्डलामा प्रदर्शन गरेका थिए ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ र नियमावली, २०६९ मा उपचारका क्रममा लापरबाही भई बिरामीको ज्यान गएको खण्डमा वैज्ञानिक अनुसन्धानबाट लापरबाही गरिएको ठहरिएमा, क्षतिपूर्ति दिलाउने स्पष्ट व्यवस्था हुँदाहुदै सरकारले यस्तो निणर्य गर्नु गलत भएको संघले ठहर गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया