Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – जन्मेदेखि २८ दिन सम्मका नवजात शिशुको निशुल्क उपचार कार्यक्रम प्रभावकारी रुपले अघि बढाइने सरकारले जनाएको छ । नवजात शिशुको मृत्युदर घटाउने उद्देश्यका साथ गत वर्षदेखि सुरु गरिएको सो कार्यक्रमलाई यस वर्षदेखि प्रभावकारी रुपमा अघि बढाइने सरकारको तयारी छ ।

कार्यक्रमका लागि सरकारले यसवर्ष ११ करोड ३५ लाख बजेट निकासा गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य महाशाखाको नवजात शिशु तथा बालरोग एकीकृत व्यवस्थापन कार्यक्रम प्रमुख पर्शुराम श्रेष्ठले बताउनुभयो । सो कार्यक्रमका लागि २१ करोडको माग गरिएपनि गतवर्ष बजेट फ्रिज भएका कारण यसवर्ष पहिलो चरणमा ५० प्रतिशत बजेट मात्र प्राप्त भएको श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमका लागि आवश्यकता अनुसार बजेटको माग गरिने महाशाखाले जनाएको छ । कार्यक्रम अन्तर्गत जन्मेदेखि २८ दिन सम्मका नवजात शिशुको सबै खाले उपचार सरकारले निशुल्क रुपमा गर्दै आएको छ । पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदरमा सुधार आएपनि नवजात शिशुको मृत्युदरमा सुधार आउन नसक्दा जन्मेदेखि २८ दिन सम्मका नवजात शिशुको निशुल्क उपचार कार्यक्रम लागु गरिएको हो ।

आवश्यक पूर्वाधार तथा जनशक्तिको अभावमा कार्यक्रम प्रभावकारी रुपले सञ्चालन हुन नसकेको श्रेष्ठको भनाई छ । सो कार्यक्रम मुलुकभरका जिल्ला अस्पताल देखि माथिका अस्पतालमा लागु गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया