Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – स्वास्थ्य मन्त्रालयले प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ ।

अस्पतालले विदुर नगरपालिका-१२ नुवाकोटका शिवप्रसाद रिमालको पत्थरीको शल्यक्रियामा मिर्गौला झिकेको भन्दै बिरामी र उहाँका आफन्तले विरोध गर्दै न्याय पाउनुपर्ने माग राखेका छन् ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा पुष्पा चौधरीको संयोजकत्वमा सहसचिव सनत केसी, मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठ, उपसचिव भवनाथ खतिवडा, वीर अस्पतालका युरोलोजिष्ट डा अनिल श्रेष्ठ, मन्त्रालयका कानुन शाखाका उपसचिव शम्भु रेग्मी र शाखा अधिकृत रेवतीरमण शर्मा सदस्य रहेको समिति गठन गरेको हो ।

गत शुक्रबार व्यवस्थापिका–संसद्को बैठकमा सांसदहरुले उक्त घटनाका बारेमा छानबिन आयोग गठन गरी प्रतिवेदन माग गरेपछि मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेको जनाएको छ ।

एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्कनुभएका ३२ वर्षका रिमाल कोखको अत्यधिक दुखाइपछि गत जेठ २२ गते उपचारका लागि उक्त अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको जेठ २५ गते शल्यक्रिया भएको थियो ।

अस्पतालले बिरामीलाई शल्यक्रियाअगाबै मिर्गौला झिक्नुपर्नेबारे जानकारी नदिएको र झिकेपछि विभिन्न सम्झौता गरी आफन्तलाई फकाउन खोजेको भन्दै बिरामी पक्षले उक्त सम्झौता मान्य नहुने भन्दै सञ्चारमाध्यममार्फत क्षतिपूर्तिको माग गर्दै न्यायका लागि अपिल गर्दै आएका छन् ।

अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरीे बिरामीको शल्यक्रियाका क्रममा अत्यधिक रक्तश्राव हुँदा ज्यान बचाउन मिर्गौला झिक्नु परेको भन्दै स्पष्टीकरण दिइसकेको छ ।

अस्पतालका निर्देशक डा धर्मराज सुवेदीले परिवारको पूर्ण सहमतिमा मिर्गौला झिकिएको भन्दै बिरामीका आफन्तले लालचमा परी आरोप लगाएको बताउनुभयो ।

रिमालको पत्थरी झिक्ने क्रममा मिर्गौला झिकेपछि अस्पताल प्रशासनले बिरामीका आफन्तसँग छबुँदे सम्झौता गरेको थियो । तर बिरामी र उहाँका आफन्तले मिर्गौला झिक्नुको कारणको माग गर्दै ५० लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् । आफ्नो मिर्गौला अन्य प्रयोजनका लागि झिकिएको हुनसक्ने आरोप पनि बिरामीले लगाउँदै आएका छन् ।

मिर्गौला झिक्नुका कारण आन्तरिक रक्तश्राव भनिए पनि अस्पताल र बिरामीका आफन्तबीच भएको छबुँदे सम्झौतापत्रमा बिरामीलाई अर्को मिर्गौला फेर्नुपर्ने भए फेरिदिने, जीवनभर उपचार निःशुल्क गर्ने, हालसम्म लागेको औषधिलगायत सम्पूर्ण उपचार शुल्क मिनाहा गर्ने, बिरामीका दुई छोराको स्वास्थ्य र शिक्षाको निःशुल्क व्यवस्था गर्ने, बिरामीकी श्रीमती र बिरामीलाई पनि निको भएपछि सोही अस्पतालमा रोजगारीको व्यवस्था गर्ने तथा बिरामीको जीवन बीमा गरिदिने उल्लेख छ ।

सञ्चारमाध्यममा मिर्गौला झिकिएकोबारे समाचार आएपछि नेपाल युरोलोजिक शल्यचिकित्सक सङ्घले विज्ञप्ति निकाली घटनाबारे सत्यतथ्य छानबिन गर्न माग गर्दै शल्यक्रियामा संलग्न चिकित्सकलाई आधारहीन आरोप लगाउनु गलत भएको बताएको छ ।

अस्पतालले घटनापछि कानुनी उपचार नखोजी बिरामी पक्षसंग सम्झौता गरेकाले घटनालाई थप जटिल बनाएको हुनाले सो सम्झौतामा आफ्नो असहमति रहेको र उचित छानबिन हुनुपर्ने सङ्घका अध्यक्ष प्रा डा विश्वराम जोशी र महासचिव प्रा डा पारसमणि श्रेष्ठद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया