Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

टोकियो-यही मार्चको ३१ देखि अप्रिलको २ तारिकसम्म जापानमा हुन गईरहेको १२ वर्ष मुनिका खेलाडीहरूको अन्तर्राष्ट्रिय बाल फुटवल प्रतियोगितामा भाग लिन अाउँदै गरेको नेपाली टिमको सहयोगार्थ टोकियोमा च्यारिटी डिनर हुने भएको छ । यही मार्चको २९ तारिक बुधवार अपरान्ह ठीक ६ बजेदेखि टोकियोस्थित टोकियो रोधी क्लवको सभाहलमा डिनरको अायोजना गरिएको छ ।

अन्तर्राष्ट्रिय ‘कोपा पुमा तोररस फुटबल प्रतियोगिता-२०१७’ नाम दिईएको अन्तर्राष्ट्रिय बाल फुटवल प्रतियोगितामा भाग लिन नेपालबाट एक प्रशिक्षकसहित १२ खेलाडीहरू २९ तारिक नै जापान अाउँदैछन् । विगत ६ वर्षदेखि जापानमा हुँदै अाईरहेको यस प्रतियोगितामा नेपालको दोस्रो सहभागिता हो ।

यसपटक पनि पूर्व नेपाली राष्ट्रिय फुटवल खेलाडी बसन्त गौचन खेलाडी चयन गर्न नेपाल नै पुगेर अन्तिम खेलाडी चयन गरेका थिए ।

छनौट भएका खेलाडीहरुमा क्रितन थापा (कास्की), निश्चल उप्रेती (सर्लाही), देव गुरूङ (कास्की), संगम गैरे (स्याङ्जा), विक्रम गाैतम (कास्की), निराजन खत्री (म्याग्दी), निखिल कार्की क्षेत्री (रूपन्देही), सन्देश केसी (म्याग्दी), निश्चल जिसी (कास्की), रोहन शाक्य (कास्की), निश्चय उप्रेती (सर्लाही), अंकित सिंजापति थापा (रूपन्देही) र सुजन बुढाथोकी (म्याग्दी) रहेका छन् । जुनियर फुटबल टिमसंगै प्रशिक्षक राजेन्द्र तामाङ पनि जापान आउने भएका छन् ।

नेपालबाट आउने खेलाडीहरुको जापानमा आवास, भोजन र यातायातको ब्यवस्था आयोजक समितिबाट हुने भए पनि नेपालबाट जापानसम्मको हवाई टिकट खर्चको ब्यवस्था नहुने भएकोले जापाबासी नेपालीहरुबाट सहकार्यको अपेक्षा गर्दै च्यारिटी डिनरको अायोजना गरिएको अायोजकद्वय प्रकाश तुलाचन र बसन्त गाैचनले समुद्रपारिलाई बताए ।

खेलमा सहभागिताकाे लागि अाउँदै गरेका खेलाडीहरूसँगकाे प्रत्यक्ष भेटघाट तथा हाैसलाको लागि च्यारिटी डिनरमा सहभागी भइदिन जापानमा रहेका सम्पूर्ण नेपालीहरूमा अायोजकले अनुरोध गरेको छ ।***

अघिल्लो वर्षको च्यारिटी खेलको फोटोफिचर समाचार यहाँबाट हेर्नुहोस् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया