Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

काठमाडौं – अमेरिकाका महान्यायाधीवक्ता जेफ सेसन्सले गएको वर्ष डोनाल्ड ट्रम्पको चुनावी अभियानको क्रममा रुसका राजदूतसँग दुई पटक भेटवार्ता गरेको खुलेको छ । ट्रम्प राष्ट्रपति बनेपछि महान्यायाधीवक्तामा नियुक्त भएका सेसन्सले चुनावी अभियानको क्रममा गएको वर्ष अमेरिकाका लागि रुसी राजदूतसँग दुई पटक भेटवार्ता गरेको अमेरिकाको न्याय विभागले पुष्टि गरेको हो । त्यसबेला सेसन्स सिनेटको सैन्य सेवा समितिको सदस्य हुनुहुन्थ्यो ।

सेसन्सले रुसी राजदूत सर्गेइ किस्लेएकसँग भेटवार्ता गर्नुभएको हो । त्यसबेला सिनेटर रहेका सेसन्सले गएको जनवरीमा भएको सुनुवाईको क्रममा रुसी राजदूतसँगको भेटवार्ता पुष्टि गर्नुभएको थिएन । तर बुधबार सेसन्सले चुनावी अभियानको विषयमा कुराकानी गर्नका लागि कुनै पनि रुसी अधिकारीसँग भेट नगरेको दाबी गर्नुभयो । डेमोक्र्याटिक पार्टीका सिनेटरले भने सेसन्सले झुट बोलिरहेको भन्दै राजीनामा माग गरेका छन् । डेमोक्र्याटिक पार्टीकी नेतृ न्यान्सी पेलोसीले सेसन्सले राजीनामा दिनुपर्ने बताउनुभयो ।

यस्तै केही डेमोक्र्याकि सिनेटरले सेसन्सका बारेमा संघीय अनुसन्धान व्युरो एफबिआईले छानबिन गर्नुपर्ने माग गरेका छन् । अमेरिकी कांग्रेसको कमिटिले गएको नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपका बारेमा अनुसन्धान गर्न सहमत भएको भोलिपल्ट नै सेसन्सको बारेमा यस्तो खबर आएको हो ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले चुनावी अभियानको क्रममा रुससँग कुनै पनि सम्पर्क नगरिएको बताउँदै आएको छ । तर सेसन्सको बारेमा भने केही प्रतिक्रिया दिएको छैन । रुसले भने अमेरिकी चुनावमा आफूले कुनै किसिमको हस्तक्षेप नगरेको बताउँदै आएको छ । रुसका अधिकारीसँगको भेटकै कारण राष्ट्रपति ट्रम्पका सुरक्षा सल्लाहकार माइक फ्लेन राजीनामा दिनुपरेको थियो ।

तपाईको प्रतिक्रिया